मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त

समाचार सारांश
Auto Generated by AI
  • मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपा नेपालका सरोजकुमार यादव नियुक्त हुनुभएको छ।
  • प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ३
काठमाण्डौ – मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त हुनुभएको छ ।

प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको हो । यादवलाई नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति निकालेर जानकारी गराएको छ ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलले सरकार गठनका लागि दाबी नगरेपछि प्रदेश प्रमुख कर्णले कानुनी परामर्शपछि ठूलो दलको हैसियतमा उपधारा ३ बमोजिम यादवलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

मुख्यमन्त्रीमा नियुक्त भएका यादवले ३० दिनभित्र बहुमत साबित गर्न विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता छ । नेता यादव मधेश प्रदेशसभाको पहिलो कार्यकालमा सभामुख र यो कार्यकालको पहिलो मुख्यमन्त्री हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

विश्वभर डिजिटल सरकारी सेवामा उल्लेख्य प्रगति

अकबरे खेतीबाट चम्किँदै भेषराज–सुमित्राको मेहनत र सफलता

असाेजमा भित्रियाे कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २ खर्ब ६७ अर्ब

मलेसिया जाने श्रमिकमाथि ठगी प्रकरणमा दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

- Advertisement -spot_img
-Advertisement-spot_img