एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि, आउँदो पालिका चुनाव केन्द्रित रहेर छलफल हुने

समाचार सारांश
Auto Generated by AI
  • नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ।
  • यो भेला मुख्यतया आगामी पालिका चुनावको तयारीमा केन्द्रित हुनेछ।
  • भेलामा पार्टी अध्यक्ष ओली लगायतका शीर्ष नेताहरूले विभिन्न कार्यपत्र प्रस्तुत गर्नेछन्।

काठमाण्डौ – प्रतिपक्ष दल नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि काठमाण्डौमा शुरु हुँदैछ ।

एमालेले यो भेलालाई आउँदो पालिका चुनावको तयारीमा केन्द्रित गर्ने भएको छ । स्थायी समितिको हिजोको बैठकले भेलालाई पालिका चुनाव केन्द्रित बनाउने निर्णय गरेको हो ।

हिजोको बैठकमा भेला तयारी समितिका संयोजक भानुभक्त ढकालले व्यवस्थापकीय तयारी र दुईदिने कार्यक्रम तालिकाबारे बैठकलाई ब्रिफिङ गर्नुभएको थियो । उपमहासचिव लेखराज भट्टकाअनुसार राष्ट्रिय भेलामा अध्यक्ष केपी ओलीले वर्तमान राष्ट्रिय राजनीति, भावी कार्यदिशा र पार्टीले गर्नुपर्ने कामबारे कार्यपत्र प्रश्तुत गर्नुहुनेछ ।

त्यस्तै, वरिष्ठ नेता विद्यादेवी भण्डारीले समसामयीक राष्ट्रिय राजनीति र पार्टीका विषयमा कार्यपत्र प्रश्तुत गर्ने उपमहासचिव भट्टले जानकारी दिनुभयो । उपाध्यक्षद्वय रामबहादुर थापा ‘बादल’ र विष्णु पौडेल तथा महासचिव शंकर पोखरेलले अलग–अलग कार्यपत्र पेस गर्नुहुनेछ ।

भेला काठमाण्डौको बबरमहलमा रहेको कार्की ब्याङ्क्वेटमा हुनेछ । भेलामा पार्टीका संघीय संसद्, प्रदेशसभा र पालिकाका जनप्रतिनिधिलगायत सहभागी हुनेछन् ।

भेलामा गाउँपालिकादेखि केन्द्रीय कमिटी तहसम्मका तीन हजार ४०० भन्दा धेरै प्रतिनिधि सामेल हुने पार्टीको प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिनुभयो । प्रतिनिधिलाई पालिका चुनावको तयारी तथा पार्टीले गर्नुपर्ने कामबारे लिखित सुझाव दिन आग्रह गरिएको छ ।

भेलाको उद्घाटन पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ । आज बिहान ११ बजेपछि हुने उद्घाटनलगत्तै बन्दसत्र शुरु गरी भोलि भेला समापन गर्ने एमालेको तयारी छ । एमालेले भोलि पार्टीको केन्द्रीय कमिटी बैठक पनि बोलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

धन्चौरको माटोबाट जन्मियर राष्ट्रिय सांगीतिक मञ्चमा चम्किँदै सन्ध्या आचार्य

सरकारले तीन महिनामा सार्वजनिक ऋणको ब्याज झण्डै एक खर्ब भुक्तान गर्‍याे

अखिल नेपाल किसान महासंघ अर्घाखाँचीकाे दशाैं जिल्ला  अधिवेशन सम्पन्न

धन्चौर देउरालीमा आयोजित भलिबल प्रतियोगिता सम्पन्न, खाँचिकोट युवा क्लब बन्यो च्याम्पियन

- Advertisement -spot_img
-Advertisement-spot_img