धन्चौर देउरालीमा आयोजित भलिबल प्रतियोगिता सम्पन्न, खाँचिकोट युवा क्लब बन्यो च्याम्पियन

समाचार सारांश
Auto Generated by AI
  • भूमिकास्थान–१० धन्चौरमा आयोजित पुरुष खुला भलिबल प्रतियोगितामा खाँचिकोट युवा क्लब प्रथम भएको छ।
  • प्रतियोगितामा आयोजक देउराली युवा क्लब दोस्रो र घोरबन्दा युवा क्लब तेस्रो भई पुरस्कार प्राप्त गरेका छन्।
  • स्थानीयस्तरमा खेलकुदको विकास र भाइचारा बढाउने उद्देश्यले आयोजित सो प्रतियोगिता भव्य रूपमा सम्पन्न भयो।

हृदय भुसाल अर्घाखाँची ।
भूमिकास्थान नगरपालिका–१० धन्चौरस्थित देउराली युवा क्लबको आयोजनामा सञ्चालित पुरुष खुला भलिबल प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा सन्धिखर्क नगरपालिका–७ खाँचिकोट युवा क्लब प्रथम हुँदै उपाधि जित्न सफल भएको छ।
प्रतियोगितामा आयोजक देउराली युवा क्लब दोस्रो भएको छ भने शितगंगा नगरपालिका–२ सितापुरस्थित घोरबन्दा युवा क्लब तेस्रो भएको क्लबका अध्यक्ष पदम भट्टराईले जानकारी दिनुभयो।
प्रतियोगितामा प्रथम हुने खाँचिकोट युवा क्लबले नगद ४० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ। त्यस्तै दोस्रो हुने आयोजक देउराली युवा क्लबले नगद २० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र तथा तेस्रो हुने घोरबन्दा युवा क्लबले नगद ११ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको खेल संयोजक सुधीर नेपालीले जानकारी दिनुभयो।
जिल्लाका विभिन्न वडा तथा छिमेकी गुल्मी जिल्लाबाट समेत खेलाडी टोलीहरूको सहभागिता रहेको प्रतियोगिता भव्य र ऐतिहासिक रूपमा सम्पन्न भएको भुवन क्षेत्रीले बताउनुभयो। प्रतियोगिताले स्थानीयस्तरमा खेलकुदको विकास, खेलाडीको प्रतिभा प्रस्फुटन तथा आपसी भाइचारा र सद्भाव अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको उहाँको भनाइ थियो।
प्रतियोगिताको समापन कार्यक्रममा भूमिकास्थान नगरपालिका–१० का कार्यवाहक वडा अध्यक्ष जनकलाल गैरेले विजेता तथा सहभागी खेलाडीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै गाउँस्तरमा यस्ता खेलकुद प्रतियोगितालाई निरन्तरता दिनुपर्ने बताउनुभयो। खेलकुद क्षेत्रको विकासका लागि आफूहरूको सधैँ साथ र सहयोग रहने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो।
समापन कार्यक्रममा भूमिकास्थान–१० का वडा सदस्य टामलाल भट्टराई, पत्रकार तथा समाजसेवी हृदय भुसाल, सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक भोजन गुरुङलगायत अतिथिहरूको उपस्थिति रहेको थियो। सोही अवसरमा विजेता तथा उपविजेता टोलीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो।
प्रतियोगितालाई आर्थिक सहयोग गर्ने सहयोगदाता तथा विभिन्न माध्यमबाट सहयोग पुर्‍याउने व्यक्तिहरूलाई समेत सम्मान गरिएको भुवन क्षेत्रीले जानकारी दिनुभयो।
क्लबका अध्यक्ष पदम भट्टराईको अध्यक्षता, सुधीर नेपालीको स्वागत मन्तव्य र भुवन क्षेत्रीको सञ्चालनमा समापन कार्यक्रम सम्पन्न भएको थियो। प्रतियोगिताले धन्चौर क्षेत्रमा खेलकुद गतिविधिलाई थप प्रोत्साहन गर्नुका साथै स्थानीय युवाहरूलाई खेलकुदप्रति आकर्षित गर्न महत्वपूर्ण भूमिका खेलेको अपेक्षा गरिएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अखिल नेपाल किसान महासंघ अर्घाखाँचीकाे दशाैं जिल्ला  अधिवेशन सम्पन्न

उदाउँदो सूर्यलाई अर्घ्य दिएर यस वर्षको छठव्रत समापन

प्रधानमन्त्रीको सचिवालयबाट हटाइए माधव खनाल

अमेरिकामा सञ्चार प्रणालीमा खराबी आएर रद्द हुने उडानको सङ्ख्या १० हजार नाघ्यो

आज विश्व मधुमेह दिवस : ३५ वर्ष उमेर पुगेपछि नियमित परीक्षण गर्न डाक्टरको सल्लाह

- Advertisement -spot_img
-Advertisement-spot_img