अखिल नेपाल किसान महासंघ अर्घाखाँचीकाे दशाैं जिल्ला  अधिवेशन सम्पन्न

समाचार सारांश
Auto Generated by AI
  • सन्धिखर्कमा अखिल नेपाल किसान महासंघ अर्घाखाँचीको दशौँ जिल्ला अधिवेशन सम्पन्न भयो।
  • अधिवेशनले खिमानन्द खनालको अध्यक्षतामा सर्वसम्मत रूपमा २१ सदस्यीय नयाँ जिल्ला कार्य समिति गठन गरेको छ।
  • नवगठित समितिका पदाधिकारी तथा सदस्यहरूलाई पदगोपन र शपथ ग्रहण गराइएको छ।

हिम जिसि लेकाली । एमाले निकट जन संगठन अखिल नेपाल किसान महासंघ अर्घाखाँचीकाे दशाैं जिल्ला अधिवेशन सन्धिखर्क स्थीत मदन आश्रीत स्मृति भवनमा  सम्पन्न भएको छ  ।
अधिवेशनकाे उद्घघाटन नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष तथा जन संगठन संयन्त्रका प्रमुख शम्भु प्रसाद पाेख्रेलले गर्नु भएकाे थियाे । लक्ष्मण कणेलकाे अध्यक्षतामा सम्पन्न  उद्घघाटन कार्यक्रममा स्वागत मन्तब्य काेषाध्यक्ष जगत भुसाल र सन्चालन सचिव दधिराम गैरेले गर्नु भएकाे थियाे ।
कार्यक्रममा अखिल नेपाल किसान महासंघ प्रदेश सदस्य झुपलाल खनाल ,तुल्सि रायमाझी ,मधु खनाल ,तुल्सि अधिकारी ,खिमानन्द खनाल ,टाेपलाल पाण्डे,अखिल नेपाल किसान महासंघ लुम्बिनी माैरिपालक घटकका उपाध्यक्ष बलराम मरासिनि , सदस्य सूर्य प्रसाद गैरे ,सितगंगा नगरपालिकाका क्षेत्रीय कमिटी सदस्य देबिराम घिमिरे , केशव बेल्वासे  ,लगायतकाे उपस्थिती रहेकाे थियाे ।
कार्यक्रममा नेकपा एमाले सचिवालय सदस्य एबं  किसान ईन्चार्ज राम बहादुर रायमाझी ,प्रदेश कमिटी सदस्य ईश्वरा पाेख्रेलले शुभकामना मन्तब्य राख्नु भएकाे थियाे ।
अधिवेशनमा अध्यक्षद्वारा  सांगठनिक प्रतिवेदन प्रस्तुत गरिएकाे थियाे ।
अधिवेशनले  खिमानन्द खनालकाे अध्यक्षतामा   सर्व सम्मत रूपमा  २१ सदस्यीय जिल्ला कार्य समितिकाे गठन गरेकाे छ ।
जस्काे उपाध्यक्षमा पवित्रा भुसाल ,जगत प्रसाद भुसाल ,सचिवमा याेगेश्वर गिरि ,सह सचिव वसन्त भुसाल खुल्ला सचिवमा रूद्र गैरे ,काेषाध्यक्ष कृष्ण बहादुर अधिकारी सदस्यहरूमा क्रमश राम प्रसाद गैरे ,कमल प्रसाद भुसाल ,बालानन्द दमासे ,लेख बहादुर रायमाझी ,संजय पाण्डे ,सीता बि.क .चन्द्रकान्त आचार्य , रामचन्द्र भुसाल , मन्जु खत्री ,डिल बहादुर थापा ,कलिम मिया रहनुभएकाे छ ।भने बाकि तीन सदस्य पछि समितिले मनाेनित गरिने बताईएकाे छ ।
नव निर्वाचित कमिटी लाई किसान महासंघका केन्द्रीय स्थायी कमिटि सदस्य ठाकुर प्रसाद खनालले सपथ खुवाउनु भएकाे थियाे भने पार्टी सचिव ताेज बहादुर रायमाझी  बिधानले अबिर प्रदान गर्नु भएको  थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

धन्चौर देउरालीमा आयोजित भलिबल प्रतियोगिता सम्पन्न, खाँचिकोट युवा क्लब बन्यो च्याम्पियन

उदाउँदो सूर्यलाई अर्घ्य दिएर यस वर्षको छठव्रत समापन

प्रधानमन्त्रीको सचिवालयबाट हटाइए माधव खनाल

अमेरिकामा सञ्चार प्रणालीमा खराबी आएर रद्द हुने उडानको सङ्ख्या १० हजार नाघ्यो

आज विश्व मधुमेह दिवस : ३५ वर्ष उमेर पुगेपछि नियमित परीक्षण गर्न डाक्टरको सल्लाह

- Advertisement -spot_img
-Advertisement-spot_img