मलेसिया जाने श्रमिकमाथि ठगी प्रकरणमा दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ

समाचार सारांश
Auto Generated by AI
  • मलेसिया जाने श्रमिकसँग गैरकानुनी रकम असुली गरेको आरोपमा दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ परेका छन्।
  • सीआईबीले कानुन मिचेर करिब १ अर्ब ६९ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा अपचलन गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
  • पक्राउ पर्नेमा पूर्वमन्त्रीहरूसहित मन्त्रालयका तत्कालीन सचिव र उच्च अधिकारीहरू रहेका छन् भने उनीहरूमाथि संगठित अपराधमा अनुसन्धान भइरहेको छ।
काठमाण्डौ – मलेसियन सरकारसँग भएको सम्झौता विपरीत रकम संकलन गरेर ठगी गरेको आरोपमा प्रहरीले दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले हिजो बुधवार पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित मन्त्रालयका तत्कालीन सचिव, सहसचिव र उपसचिवलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखहरु उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पत्र र विकास रानाभाटसहितको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ । प्रहरीका अनुसार नेपाल र मलेसिया सरकारबीच भएको समझदारीविपरीत श्रमिकबाट गैरकानुनी रूपमा संकलन गरिएको रकम मलेसिया पठाउने निर्णयमा उनीहरूको संलग्नता रहेको आरोप छ ।

यो रकममध्ये ८३ लाख ७० हजार ४३९ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८० पाउन्ड गरी जम्मा १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ रहेको प्रहरीको भनाइ छ ।

सम्झौता र कानुनी प्रक्रिया मिचेर विदेशी मुद्रा अपचलन गराउने तथा संगठित समूहको लाभका लागि श्रमिक ठगी हुँदा पनि कानुनी उपचार नगरेको आरोपमा उनीहरूमाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि, आउँदो पालिका चुनाव केन्द्रित रहेर छलफल हुने

धन्चौरको माटोबाट जन्मियर राष्ट्रिय सांगीतिक मञ्चमा चम्किँदै सन्ध्या आचार्य

सरकारले तीन महिनामा सार्वजनिक ऋणको ब्याज झण्डै एक खर्ब भुक्तान गर्‍याे

अखिल नेपाल किसान महासंघ अर्घाखाँचीकाे दशाैं जिल्ला  अधिवेशन सम्पन्न

- Advertisement -spot_img
-Advertisement-spot_img