मलेशिया कामदार पठाउन सूचीकृत म्यानपावर कम्पनीलाई नाम फिर्ता लिन निर्देशन

समाचार सारांश
Auto Generated by AI
  • वैदेशिक रोजगार विभागले मलेसियाको प्रणालीमा सूचीकृत २७५ म्यानपावर कम्पनीलाई ७ दिनभित्र नाम फिर्ता लिन निर्देशन दिएको छ।
  • विभागले म्यानपावर कम्पनीहरूलाई प्रतिस्पर्धा रोक्ने खालका गतिविधि नगर्न सचेत गराउँदै कानुनी आधारमा यो कदम चालेको हो।
  • सरकारी निर्देशनप्रति म्यानपावर व्यवसायीले असन्तुष्टि जनाउँदै कूटनीतिक तवरबाट समस्या समाधान गर्न सरकारलाई आग्रह गरेका छन्।

काठमाण्डाै – वैदेशिक रोजगार विभागले मलेशियाको फरेन वर्कर सेन्ट्रलाइजेसन सिस्टमा सूचीकृत २७५ वटा म्यानपावर कम्पनीलाई आफ्नो नाम फिर्ता लिन निर्देशन दिएको छ ।

विभागले ती कम्पनीलाई पत्र पठाउँदै एफडब्ल्यूसीएमएसको वेबसाइटमा रहेको आफ्नो आबद्धता ७ दिनभित्र फिर्ता लिन निर्देशन दिएको हो । वैदेशिक रोजगार ऐन २०६४ को दफा ३७ बमोजिम निर्देशन दिएको विभागले जनाएको छ ।

साथै प्रतिस्पर्धा सङ्कुचन गर्ने गतिविधिमा संलग्न नहुन म्यानपावर कम्पनीलाई सचेत गराइएको छ ।

विभागको निर्देशनप्रति सूचीकृत म्यानपावर व्यवसायीहरूले असन्तुष्टि जनाएका छन् । उनीहरूले आफूहरूलाई नाम फिर्ता लिन निर्देशन दिनुभन्दा सरकारले कूटनीतिक पहलमार्फत मलेशिया सरकारसँग समन्वय गरेर समस्या समाधान गर्नुपर्ने बताएका छन् ।

मलेशिया रोजगारीमा देखिएको समस्या समाधानका लागि प्रधानमन्त्री वालेन्द्र शाहले केही दिनअघि मलेशियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग टेलिफोन वार्ता गर्नुभएको थियो । तर मलेशिया सरकारले भने वार्ताबारे अहिलेसम्म सार्वजनिक रूपमा कुनै जानकारी दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लगातारको वर्षाले सडक अवरुद्ध हुन थाले

अर्घाखाँची कांग्रेसका दुई पालिकामा सर्वसम्मत नेतृत्व चयन, चारमा सहमतिको प्रयास

आज देशैभर कांग्रेसको पालिका अधिवेशन

- Advertisement -spot_img
-Advertisement-spot_img