हाकिम सा’बको सवारीसाधन, यसरी गर्ने कि व्यवस्थापन ?

कृष्ण वर्मा

सरकारी सवारी साधन कार्यालयको नभई हाकिम सा’बको हो भन्नेमा कुनै दुईमत छैन । हाकिम सा’बहरु यही गाडी चढ्न मात्रै भए पनि हाकिम हुन मरिहत्ते गर्ने कुरा उहाँहरूको गाडी प्रयोगबाट स्पष्ट हुन्छ । सरकारी सवारी साधनको दोहनबाट राज्यलाई भए जत्ति घाटा सायद कुनै वस्तुबाट छैन होला । त्यसको सदुपयोग भन्दा दुरुपयोग बढी हुने गर्दछ । यसलाई नियमन गर्न हालसम्म कोही पनि तयार छैनन् । नियमन गर्नेहरूबाटै सबैभन्दा बढी दुरुपयोग र अनियमितता गरेको देखिन्छ । देख्दा सानो र छुच्चो विषय भए पनि यो अत्यन्तै भयानक र खर्चिलो छ । यसलाई नियमन र व्यवस्थापन गर्न सरकार तथा तालुक निकायले धेरै पटक परिपत्र गर्ने र केही मिडिया र मिडियाकर्मीले समय समयमा उठान गर्ने गर्दछन् तर कार्यान्वयन र व्यवहारमा भने हालसम्म जिरो नै छ । सरकारी सवारी साधनको प्रयोगलाई नियमन, व्यवस्थापन र आधुनिक प्रविधिको प्रयोग नगरिँदा सबैभन्दा आलोचित बनेको छ सरकारी संयन्त्र । यसलाई नियमन गर्न माथिल्लो निकायले नसक्ने प्राय छ, किनकि धेरै अनियमितता र दुरुपयोग गर्ने नै माथिल्लो निकाय छ । यसको व्यवस्थापन गर्ने आधुनिक प्रविधि र जनताको खबरदारी हरहमेसा आवश्यक छ साथै नियमन र व्यवस्थापन पनि आवश्यक छ । जुन कुरा सरकारी बाहेक अन्य निजी क्षेत्रले अवलम्बन गरी धेरै फाइदा लिएका छन् ।

सवारी साधनलाई सरकारले कार्यालयको कार्य सम्पादनमा सहजता, सुलभ, सुविधा होओस् भनेर कार्यालयलाई उपलब्ध गराएको हुन्छ । तर गाडी हाकिम सा’बको पुख्र्यौली सम्पत्ती जस्तो गरी आफू बिदामा बस्दा समेत यसको प्रयोग गरेर उपयोग गर्न सम्म लाज मान्नु हुन्न । सरकारी नियममा सवारी साधनलाई व्यक्तिगत रूपमा प्रयोग गर्ने दर्जा, पद र पदाधिकारीहरूको व्यवस्था बाहेक अन्य सवारी साधनहरू कार्यालयका हुन । यसको प्रयोग र यसबाट सिर्जित दायित्व सबै सरकारी कार्यालयको हुनु पर्ने हो । तर दायित्व सरकारी कार्यालयको, प्रयोग कार्यालयका हाकिम, उनका परिवार, आफन्त, आफू समर्थित दलका नेता तथा जनप्रतिनिधिको हुने गरेको छ । यसरी जनताको करबाट हाकिम’बले मोज मस्ती गर्ने हो भने किन सरकारी सवारी साधन कार्यालयलाई उपलब्ध गराउने ? त्यो भन्दा काम पर्दा मात्र दैनिक भाडामा लिने हो भने पनि ८० प्रतिशत खर्च कम गर्न सकिन्छ । होइन भने यसको नियमन र व्यवस्थापनबाट यसलाई फजुल खर्च हुने गरी सञ्चालन हुनबाट रोक्न सम्बन्धित निकाय अनिवार्य लाग्नु पर्छ । सरकारी रकमको सवारी साधनमा हुने खर्च, सवारी साधन प्रतिको हाकिमसाबहरुको मोह, प्रयोग र व्यवस्थापन हेर्नलाई अन्त कहीँ कतै नगएर देशको शासन व्यवस्था सञ्चालन गर्ने सिंहदरबारको वरिपरि हेरे छर्लङ्गै हुन्छ । आफ्नो मोज मस्तीको लागि चालु हालतका गाडी पनि थन्काउने र नयाँमा थुप्रै रकम खर्चेर खरिद गरी कमिसन र सुविधा दुवै लिनमा उद्यतबाट नै सरकारको खर्च र हामी सर्वसाधारणको ऋण भार वृद्धि भई रहेको छ ।

कोही कोही हाकिम सा’बहरु त पावर र पदको प्रयोग गरेर अन्य कुनै कार्यालयको नयाँ तथा सुविधा सम्पन्न गाडी चढ्नलाई अनेकौँ तिकडम गरेको समेत देख्न सकिन्छ । निवृत्त जीवन पछि भ्रष्ट्राचार गरेर बाहेक आफ्नो भन्ने खाटमा बाहेक अरुमा चढ्न नसक्नेहरू गाडी चढ्न मरिहत्ते गरेको देख्दा भने साह्रै दया लागेर आउँछ । हाकिम सा’बहरुको परिवार, आफन्त, नातागोता, नेताहरूको काम छ भने आफ्नो पनि काम पारेर तालुक मन्त्रालय, विभाग, साइट, अनेकौँ बहाना बाजी बनाएर कार्यालयको काज बनाएर महिनौँ सुइँकुच्चा ठोक्नु हुन्छ । यसो गर्दा जनताले र अन्य कर्मचारीहरूले के भन्लान् भन्ने सम्म हेक्का राख्नु हुन्न ।

गाडी चढ्ने र प्रयोग गर्ने मात्र अधिकार नभएर यसमा मितव्ययी हुनु पनि हाकिम सा’बको प्रमुख कर्तव्य हो । किन सरकारी सवारी साधनको यति धेरै आलोचना हुन्छ त ? यो बुझ्नु जरुरी छ । कार्यालयको साधन गुडे पछि पैसाको मिटर पनि सँगसँगै घुम्न थाल्छ, हाकिम शाव र चालकको भ्रमण खर्च, इन्धन, मर्मत, नास्ता पानी, कार्यालयको कामकाजमा हुने अवरोध, आदी तर काम चाही परिवार भेट्ने, भोज खाने, बिरामी भेट्ने, आदी । फेरी त्यही सवारी साधनमा उचित समयमा आवत जावत गर्दा भने कार्यालयका अन्य कर्मचारीले भने खुट्टा राख्न पाउँदैनन् । धेरै जसो त कार्यालयको साधन कहाँ छ, कसले लगेको छ थाहा पत्तै हुँदैन । थाहा त जब खर्च हुन्छ तब मात्रै सवारी साधन र चालकलाई कार्यालयमा देख्न सकिन्छ ।

जे होस यसको व्यवस्थापन र नियमन चाही गरिनु पर्छ । यसको नियमन र व्यवस्थापन उचित किसिमले गर्ने हो भने राज्यको व्ययभार अधिक मात्रमा घट्छ । विकसित देशमा निजी तथा सरकारी सबै सवारी साधनलाई व्यवस्थित प्रविधिमा जोडिएर त्यसको व्यवस्थापन गरिन्छ । हाम्रोमा पनि वार्षिक १०-१५ हजार थप (एक पटक) मात्र खर्च गरेर यसमा हुने अनियमितता, दुरुपयोग, लगायतका विषयमा अधिकांश खर्च कटौतीका साथै हाकिम सा’बहरुले बिना काम गाडी दुगुराउने प्रवृत्तिलाई हदैसम्म कम गर्न सकिन्छ ।

सवारी साधनलाई व्यवस्थित र नियमन गर्न सहयोग पुर्‍याउने साधन हो एउटा सानो डिभाइस जिपिएस । जसको माध्यमले हाम्रो गाडी कुन स्थानमा चलेको छ? दिनभरमा कति पटक चालु र बन्द गरियो ? कुन लोकेसनमा पार्किङ गरिएको छ ? कति पटक रोकियो ? पुर्‍याएको सवारी साधन हाम्रो कामले हो कि अन्य कामले हो ? जाने भनेको स्थानमा कार्यालयको काम थियो कि थिएन ? मर्मत गर्न कुन ठाउँमा गयो ? हाकिम सा’बले कत्तिको गतिमा गाडी गुडाउन आदेश दिनु भयो, कुन गतिमा गुड्यो ? यसबाट गाडीमा कसैले हानी नोक्सानी गर्न सक्दैन । चोरी हुनबाट रोक्न सकिन्छ । हाम्रो गाडीको माईलेज हेर्न मिल्ने जसले अनावश्यक इन्धन खर्चलाई लगाम लगाउने गर्छ । गाडीको अबस्था कार्यालयमा बसेर रियलटाईम मनिटरिङ्ग गर्न सकिन्छ भने अर्को तर्फ यही कुरा जनतासामु पुर्याईयो भने जनताबाट दुरुपयोग हुने कुरामा शङ्का गर्ने परिपाटिको अन्त हुन सक्छ । हाम्रै देशका अर्ध सरकारी निकाय, राष्ट्रिय वाणिज्य बैंक, नेपाल टेलिकम, लगायतका संस्थानमा यो प्रविधिमा अभ्यस्त भई दुरुपयोगलाई रोकी सकेका छन् । तर सरकारी निकाय भने यसको महत्त्वलाई नकारेर सर्वसाधारणको नजरमा गिर्दै गई रहेको छ ।

यसको व्यवस्थापन यसरी गर्न सकिन्छ

सरकारी कार्यालयका हरेक सवारी साधनमा जिपिएस मेसिन जडान गर्ने । त्यसको सहजीकरण नेपाल सरकारका सम्बन्धित मन्त्रालय/ वा हरेक कार्यालयको तालुक मन्त्रालय/विभागले व्यवस्थापन गर्ने । त्यसको सञ्चालन मन्त्रालय/विभाग हुँदै जिल्लामा हरेक जिल्ला प्रशासनमा नियन्त्रण गर्ने सफ्टवेयरको व्यवस्थापन गर्ने । हरेक पटक गाडी गुडाउँदा विवरण प्रवृष्टी गर्ने व्यवस्था गर्ने । गलत विवरण भरेर अन्यत्र जाने साधनलाई नियन्त्रण गर्ने । गाडी गुडेको लग बुक हरेक महिनामा सार्वजनिक गर्ने गराउने व्यवस्थापन गर्ने । जसबाट दैनिक कति इन्धन खपत हुन्छ, कति सवारी साधन कामका लागि गुड्छ आदी कुराहरूको प्रतिवेदन लाइभ हेर्ने व्यवस्थापन गर्न सके सरकारी सवारी साधन तर्फ सर्वसाधारणको नकारात्मक धारणा परिवर्तन गर्दै खर्च र क्षति दुवै कम गर्न सकिन्छ ।

यति हुने हो भने गाडी नपाउने संसद र जनप्रतिनिधीहरुले गाडी माग्दैनन् । जिल्लाका नियामक निकायका प्रमुख तथा कर्मचारीहरूले गाडी तथा इन्धन माग्दैनन् । हाकिम सा’बका परिवार र आफन्तको शुभ कार्यमा जाने साइत जुर्दैन । कर्मचारीका परिवार र नातागोताले आश गर्दैनन् । दल र तिनका भातृ संस्था तथा अन्य गाडी तथा इन्धन माग्नेहरूले यो कुरा बुझे पछि त्यस तर्फ लाग्दैनन् । यो प्रविधि अँगाल्न न त धेरै खर्च छ, न कुनै बेफाइदा छ, न कुनै हानी छ, न कुनै झन्झट छ, न कुनै समस्या छ, धेरै फाइदा छ तर तर बेफाइदा भने हाकिम सा’बलाई मात्र छ । यो गर्ने पुरै अधिकार फेरी त्यही हाकिम सा’बलाई छ त्यही भएर यसो हुन नसकेको हो ।

अहिलेसम्मलाई प्रविधिले यो कुरा माग गरी सकेको छ यसलाई अवलम्बन गरौँ कि हरेक कार्यालयका सवारी साधनलाई लिलाम गरेर भाडामा गाडी चढ्ने व्यवस्था गरौँ यसबाट देशलाई आर्थिक र भौतिक दुवै रूपमा अत्याधिक फाइदा हुने छ । प्रविधि अंगालौ, नयाँ प्रविधिमा अभ्यस्त बनौँ, न कि गाडी पायौ भनेर जहाँ पायो त्यही, जहिले पायो त्यही समयमा जनताको करबाट खरिद गरेको सवारी साधनमा चढेर सान नझारौँ । हाकिम शाव यसमा सबैको भलो छ, जोड गर्नुहोस् तपाई पनि गाडी मागेर हैरान पार्नेहरूबाट मुक्त हुनु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img