रेशम चौधरीको जन्मकैद सजाय सर्वोच्च अदालतद्वारा सदर

काठमाण्डाै – सर्वोच्च अदालतले कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनाका प्रतिवादी रेशमलाल चौधरीलाई सफाइ दिन अस्वीकार गरेको छ ।

आज मङ्गलवार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले यसअघि चौधरीलाई जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले गरेको जन्मकैदको फैसला सदर गरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो । अदालतले टीकापुर घटनामा मुछिएका सीताराम चौधरी र गंगाराम चौधरीलाई भने सफाइ दिएको छ । यस्तै लक्ष्मण थारुको पाँच वर्षको कैद सजाय घटाएर तीन वर्ष कायम गरेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

२०७२ साल भदौमा भएको टीकापुर घटनामा मुख्य योजनाकार भएको अभियोगमा जिल्ला अदालत कैलाली एवम् उच्च अदालत दिपायलबाट रेशम चौधरीसहित ११ जना दोषी ठहर भएका थिए । चौधरी यसअघिको प्रतिनिधि सभामा कैलाली क्षेत्र नम्बर १ बाट सांसद निर्वाचित भएका थिए । चौधरीले सांसदको शपथ ग्रहण गरेको केही दिनपछि सर्वोच्च अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्न तल्लो अदालतले दिएको आदेशलाई सदर गरिदिएको थियो ।

थरुहट आन्दोलन चर्किँदा कैलालीमा भएको विरोध प्रदर्शन हिंसात्मक बनेपछि भिडले आक्रमण गर्दा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ जना सुरक्षाकर्मी र एक बालकको ज्यान गएको थियो । चौधरीले भने आफू निर्दोष रहेको र अदालतबाट न्यायको पर्खाइमा रहेको बताउँदै आएका थिए । चौधरीले जेलबाटै गठन गरेको नागरिक उन्मुक्ति पार्टीले गएको मङ्सिरमा भएको प्रतिनिधि सभा चुनावमा चार सिट जितेको छ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवम् चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ अहिलेको सरकारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री हुनुहुन्छ । उहाँले चौधरीसहित टीकापुर हत्या प्रकरणमा जेल परेकाहरूलाई छुटाउन दबाब दिँदै आउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आजदेखि पर्सिसम्म यी ठाउँमा बाढीको मध्यमदेखि उच्च जोखिम

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

- Advertisement -spot_img
-Advertisement-spot_img