गुल्मीकाे रेसुङ्गा विमानस्थलमा आजदेखि व्यावसायिक उडान सुरु

गुल्मी – गुल्मीको रेसुङ्गा विमानस्थलबाट आज शुक्रवारदेखि व्यावसायिक उडान सुरु भएको छ । नेपाल वायुसेवा निगमको डीएचसी–६ ट्वीनअटर जहाजले आज बिहानदेखि व्यावसायिक उडान सुरु गरेको हो ।

आज बिहान साढे ६ बजे काठमाण्डौ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेकाे निगमको डीएचसी–६ ट्वीनअटर जहाज बिहान साढे सात बजे रेसुङ्गा विमानस्थलमा सफल अवतरण भएकाे हाे ।

नियमित उडान भरेर पहिलो पटक रेसुङ्गा विमानस्थल आइपुगेका यात्रुहरुलाई रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले स्वागत गर्नु भएको थियो । अहिले प्रति यात्रु छ हजार पाँच सय रुपैयाँ भाडा दर तय गरिएकाे छ ।

रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले आजदेखि सुरु भएको नियमित उडानपछि जहाज चढ्ने वर्षौँदेखिको गुल्मेलीको सपना पूरा भएको बताउनु भएको छ । उहाँले यात्रुहरुको सङ्ख्याको आधारमा उडानलाई हप्तामा दुई पटकसम्म सञ्चालन गरिने जानकारी दिनुभयाे ।

रेसुङ्गा विमानस्थलमा यसअघि तीन पटकसम्म परीक्षण उडान गरिएकाे थियो । विमानस्थल निर्माणकाे काम १७ वर्षमा सम्पन्न भएकाे हाे । कुल ३५ करोड रुपैयाँ लागतमा सम्पन्न भएको याे विमानस्थल एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको छ । उडान सुरु भएपछि गुल्मीका नागरिक खुसी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आजदेखि पर्सिसम्म यी ठाउँमा बाढीको मध्यमदेखि उच्च जोखिम

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

- Advertisement -spot_img
-Advertisement-spot_img