किन खस्किदै छ सामुदायिक विद्यालय शिक्षा ?

राम ब.खनाल अर्घाखाँची । विकासका पुर्वाधार हरुमध्येको एउटा खम्बा शिक्षा जसले राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरको विकासको निम्ति विभिन्न दक्ष जनशक्ति को उत्पादन गर्छ । नेपालमा पछिल्लो समय सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर निरन्तर खस्किदै गएको तथ्य विभिन्न तहको परीक्षाको नतिजाबाट प्राप्त भएको छ । फलस्वरूप अलि सचेत र आर्थिक स्थिति राम्रो भएका अभिभावकले संस्थागत बिद्यालयको विकल्प खोज्दै सहर पस्ने लहर चलेको छ । झट्ट हेर्दा यो लहर भौतिक सुबिधा खोज्दै शहर पसेको देखिएतापनी आफ्नो सन्तानको उज्ज्वल भविस्यको सपना गुणस्तरीय शिक्षाको माध्यमबाट साकार पार्ने बाध्यता पनि हो ।

सरकारले शिक्षा क्षेत्रमा गरेको लगानी अपर्याप्त होला तर कमि पक्कै होइन । नीति निर्माण तहबाट सहि निति बन्यो बनेन त्यो समिक्षाको बिषय छ तर विद्यालय प्रशासन , शिक्षक र अभिभावक ले आफ्नो धरातल अनुसारको जिम्मेवारी पुरा गरेका छौँ त ? सबैले एकपटक आफु अगाडिको ऐना सफा गरेर आफ्नो तस्वीर प्रष्ट देखिने गरि हेर्न जरुरी छ । शिक्षक सेवा आयोगबाट उत्कृष्ट शिक्षकहरु छानिएर विद्यालय आउंछन आखिर ति क्षमतावान, उर्जावान शिक्षकको क्षमतालाइ कहाँ दबाएर राखिन्छ त? नव आगन्तुक युवा सिक्षकले सोंचेको भन्दा फरक छ.. विद्यालय । विद्यालयलाइ राजनीतिको अखाडा ठान्ने हरुको नजरमा राम्रा होइन हाम्रा सिक्षक चाहिन्छ । साच्चै राजनीतिको आवश्यकतामा विद्यालयलाइ २+२ कति हुन्छ? ४ भन्ने नचाहिएको भान हुन्छ । २+२ कति भन्दा “हाकिमले जति भन्नुहुन्छ तेति” भन्ने वफादर सिपाहीको आवश्यकताले र सिक्षकलाइ भरपर्दो दलिय कार्यकर्ता बनाइ जहाँ मन लाग्यो त्यहीँ लतार्नु र लतारिनुले गुणस्तरीयतामा धक्का लागेकै छ । आफ्नो विरासत हराउने डरले उर्जावान युवालाई दबाएर राखेको एकाद उदाहरण पनि देख्न पाइन्छ । अझ संघियता पछिको सिक्षामा तालिम गोष्ठी ……लगभग सुन्य छ्न । अनुगमन निकै फितलो छ । सरुवा र नियुक्ति जस्ता कुरामा हेराफेरी हुने गरेको आरोप पनि लाग्ने गरेको सुनिन्छ ।

सैक्षिक सत्र सुरु हुँदै गर्दा शैक्षिक कार्ययोजना निर्माण, छलफल, अन्तरक्रिया र नतिजा विश्लेषणका कुरा गौंण रहे बरु वि.व्य.स. गठन प्रक्रियामा दलिय भागवन्डाका चर्का बहस...... विद्याललाइ अनिर्णयको बन्दी बनाइ रमाउने कुराले प्रश्रय पाएको पनि देखिन्छ । शिक्षकलाइ निश्कलंक भयर स्वच्छ वातावरणमा काम गराउनुको साटो यो या त्यो दलको बिल्ला भिराउने प्रवृत्तिले शिक्षा क्षेत्र पछाडी धकेलेको पक्कै हो । स्थानीय स्तरका सामाजिक अगुवा र शिक्षकबिचको अघोषित द्वन्द्व पनि अर्को कारक तत्व हो । एक अर्काप्रती आरोप प्रत्यारोप गरिरहने तर वास्तविक समस्याको पहिचान गरि  समस्याको समाधान नखोजीनु ठुलो कमजोरी हो । शिक्षकमा पेशा प्रतीको बफादरिताको कमि, ICT प्रती Update हुन नसक्नु,  अभिभावकमा आफ्नो सन्तानको भविस्य को बारेमा चासो नहुनु जस्ता यावत  समस्याहरू शिक्षा क्षेत्रका ग्राउन्ड लेवलका समस्याहरु हुन । त्यस्तै विद्यार्थी वालमैत्री वातावरणमा सहजीकरण गर्ने अवधारणाको पुर्ण कार्यान्वयन गर्न नसकिएको अवस्थामा कार्वाही गर्न नमिल्ने कुराले विद्यार्थिलाइ बढी स्वतन्त्र गराएको छ । कोरोनाको कहर र  निरन्तर विद्यार्थी मूल्यांकन पद्धतिबाट् सोझै कक्षा चढाउने  व्यवस्थाले सिक्षक विद्यार्थी दुवैलाइ अल्छी बनाएको पनि छ ।

यसरी विद्यालय सिक्षाको गुणस्तर उकास्न सर्वप्रथम ग्राउन्ड लेबल अर्थात विद्यालय बाटै प्रयास गरिनुपर्छ । सिक्षक हरु गुट उपगुट बिभाजित नभइ एकीकृत व्यवहारिक शिक्षण को अभ्यास गरिनुपर्छ । विद्यालय प्रशासनले विभेद रहित वातावरणमा व्यक्तिगत स्वार्थबाट माथी उठेर उपयुक्त रणनीति बनाएर सबै क्षेत्रको भावना र योगदानको कदर गर्दै सम्पुर्ण शिक्षक वर्ग यो या त्यो पक्षमा उभिएर काम गर्नु भन्दा अवोध बालबालिकाको पक्षमा उभिएर जिम्मेवारी पुरा गर्नुपर्छ । जिम्मेवारीवाट पन्छिने हाम्रो संस्कारको परिमार्जन गर्दै उपयुक्त कार्यमा समय ब्यतित गर्दै भविस्य का कर्णधार बालबालिका को भविस्यमा दियो बन्न सकियोस । जय ! शिक्षा !!
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्कविहीन

वैदेशिक रोजगारीमा जाने श्रमिकको न्यूनतम पारिश्रमिक तोक्न सांसदको माग

फ्रान्सले अर्को महिनादेखि विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लगाउने

अर्घाखाँची डिर्भनामा स्वास्थ्य सेवा घरदैलोमै, ५०० जनाले लिए निःशुल्क उपचार

एआईको प्रयोग गरेर विमानको उडानलाई सहज बनाउने वैज्ञानिकहरुको प्रयास

- Advertisement -spot_img
-Advertisement-spot_img