सञ्चारमाध्यमको व्यावसायिक र संस्थागत विकास गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रजातन्त्रको सुदृढीकरण र जनसमुदायमा लोकतान्त्रिक चेतनाको विकासमा सामुदायिक रेडियोले महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभएको छ ।

सामुदायिक रेडियो प्रसारक संघ ९अकोराब० २५ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना, मानवअधिकार, विधिको शासन र सामाजिक रूपान्तरणमा नेपालका सामुदायिक रेडियोले महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

संविधान र लोकतन्त्रमाथि गरिएका प्रहारको विरुद्ध र लोकतान्त्रिक प्रणालीको विकासमा रेडियोको भूमिका महत्वपूर्ण रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले भाषिक र सांस्कृतिक विविधताको संरक्षण र संवर्द्धनमा समेत रेडियोको पहलकदमी स्मरणीय रहेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले सञ्चारमाध्यमको व्यावसायिक र संस्थागत विकास गर्दै सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँचमा पुर्‍याउन सरकार प्रतिबद्ध रहेकोसमेत स्पष्ट पार्नुभयो ।

उहाँले सबै प्रकारका सञ्चारमाध्यम र पत्रकारको भौतिक एवम् पेशागत सुरक्षा र स्थायित्वका लागि स्थायी प्रकृतिको पत्रकारिता विकास कोष स्थापना गरिने जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले युवा पुस्तामा आशाको सञ्चार गर्न समयको महत्त्वलाई बुझ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

उहाँले देशमा युवा पुस्ता अहिले सबैभन्दा धेरै आत्तिएको अवस्थामा रहेको बताउँदै युवामा आशा जगाउने अवस्था बनाउन सामुदायिक रेडियोहरूले भूमिका खेल्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा रेडियो क्षेत्रका विज्ञ, विदेशी पाहुना, देशभरिका रेडियो प्रतिनिधि, सामुदायिक रेडियो प्रसारक, रेडियोकर्मीहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आजदेखि पर्सिसम्म यी ठाउँमा बाढीको मध्यमदेखि उच्च जोखिम

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

- Advertisement -spot_img
-Advertisement-spot_img