अर्घाखाँचीमै एकमात्र महिला उम्मेदवार

नेत्र मरासिनी अर्घाखाँची, कार्तिक २७ । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनको लागि अर्घाखाँचीमा एक जना मात्र महिला उम्मेदवार हुनुहुन्छ । एक प्रतिनिधि सभा र दुई प्रदेश सभा सदस्य पदका लागि २५ जनाले उम्मेदवारी दिएका छन ।

प्रतिनिधि सभा सदस्यका लागि गठबन्धनको तर्फबाट नेपाली कांग्रेस केन्द्रिय सदस्य पुष्पा भुसाल गौतमको एकमात्र महिलाको उम्मेदवारी परेको हो ।

जिल्लामा प्रतिनिधि सभा सदस्यका लागि ११, प्रदेश सभा (क) का लागि ७ र प्रदेश सभा (ख) का लागि ७ जना उम्मेदवार रहेका छन् । २५ जना उम्मेदवार रहेता पनी प्रतिनिधी तथा प्रदेश सभामा एक जना मात्र महिला हुनुहुन्छ ।

एक लाख ६४ हजार ७ सय ६८ मतदाता रहेको अर्घाखाँचीमा आधा मतदाता महिला रहेका छन् । ८२ हजार ५ सय ९३ पुरुष मतदाता छन् भने ८२ हजार १ सय पचहत्तर महिला रहेका छन् । संख्यात्मक हिसाबमा महिला र पुरुष मतदाता आधा आधा देखिएपनि पुरुषहरु कामको शिलशिलामा देश बाहिर रहेका कारणलेपनी चुनावी प्रक्रियामा पुरुष भन्दा महिलाको संख्या दुईतिहाइ रहेको पाइन्छ ।
२०६४ सालको संविधान सभाको निर्वाचनमा क्षेत्र नम्बर २ बाट पहिलो पल्ट निर्वाचन जित्नुभएकी भुसालले यसपालि संघको निर्वाचनमा एकमात्र निर्वाचन क्षेत्र भएपछि पहिलो पटक प्रत्यक्ष चुनावमा प्रतिस्पर्धामा हुनुहुन्छ ।

२०२८ सालबाट राजतितिमा सक्रिय भुसाल नेपाल महिला संघ हुदै पार्टिको केन्द्रिय राजनितीमा सक्रिय हुनुहुन्छ । उहाँले १७ वर्ष त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनसमेत गर्नुभयो । उहाँले राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ ।

पाँच दलिय गठबन्धनबाट उम्मेद्वार बन्नुभएकी भुसालले हालसम्म प्राप्त उपलब्धीको रक्षा गर्न सके मात्र आगामी भविष्य निर्धारण हुने भएकोले संविधान जोगाउँदै देशलाई आर्थिक रुपान्तरणको बाटोमा लैजान सकिने बताउनुहुन्छ । उपसभामुख सम्म बन्नुभएकी भुसालले संविधान मस्यौदा समितीमा रहेर संविधान निर्माणमा महत्वपुर्ण भुमिका खेलेको पाइन्छ ।

संविधानले संसदिय निर्वाचनमा कम्तिमा ३३ प्रतिशत र स्थानियमा ४० प्रतिशत सिट महिलाको सुनिश्चित गरेको भएपनि देशैभर महिलाको उपस्थिती न्यून देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img