आर्थिक समृद्धि र सुशासन अहिलेको आवश्यकताः उम्मेदवार भुसाल

अर्घाखाँची । सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले आर्थिक समृद्धि र सुशासन अहिलेको आवश्यकता रहेको बताउनुभएको छ । उम्मेदवार भुसालले सनिवार छत्रदेव गाउँपालिकामा भएको चुनावी कार्यक्रममा बोल्दै अर्घाखाँची विकासको सम्भावना बोेकेको क्षेत्र रहेको बताउदै जिल्लाको तिब्र विकासको निम्ति गठबन्धनले जित्न आवश्यक रहेको बताउनुभयो ।

उम्मेदवार भुसालले छत्रदेव गाउँपालिकामा भएका धार्मिक तथा पर्यटकीय स्थलहरुको विकासको लागि पहल गर्ने बताउनुभयो । उहाँले भन्नुभयो “छत्रदेव गाउँपालिकामा भएका छत्रमहाराज मन्दिर, बलकोट पौवा, ताराखसे मन्दिर, ठुलापोखराको मालिका मन्दिर लगायतका पर्यटकीय स्थलको विकास तथा प्रचारप्रसारको निम्ति विशेष पहल गरिनेछ ।”

पुर्व उपसभामुख समेत रहनुभएकी भुसालले चौवाटार सिंचाइ योजनालाई पूरा गरि ब्यबसायिक कृषि र पशुपालनलाई वैज्ञानिकीकरण गरि आर्थिक स्वरोजगार बनाउने बताउनु भयो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता मान बहादुर बिश्वकर्मा, रेवती प्रसाद भुसाल, जिल्ला सभापति केशव श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य ठाकुर कुमार बिक, गठबन्धनको तर्फबाट प्रदेश सभा (क) का उम्मेदवार सागर केसी, नेकपा माओवादीका प्रदेश सदस्य रामलाल पराजुली, नेकपा (एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष राम बहादुर चौहान, नेपाली कांग्रेसका प्रदेश सदस्य शान्ता भण्डारी, जिल्ला उपसभापति विष्णुप्रसाद भुसाल, कांग्रेसका महाधिवेशन प्रतिनिधि लेखनाथ पोख्रेल, जिल्ला सहसचिव मेघराज पाण्डे, राजमोका नेता पशुपति ढकाल लगायतले मन्तब्य राख्नुभएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै