अर्घाखाँची । गठबन्धनबाट अर्घाखाँची प्रदेश सभा (क) का प्रदेश सभा सदस्य पदका उम्मेदवार राष्ट्रिय जनमोर्चाका नेता सागर केसीले आफू जनताको सेवक भएर काम गर्ने बताएका छन् । मंगलबार जिल्लाको मालारानी गाउँपालिकाका विभिन्न स्थानमा मतदाताहरु सँग कुराकानी गर्दै नेता केसीले यस्तो बताएका थिए ।
उम्मेदवार केसीले पैसा कमाउने उदेश्यले राजनीतिमा लाग्न नहुने धारणा राखे । उनले भने ‘हामी राजनैतिक कर्मी जनताका सेवक हुनुपर्छ । पैसा नै कमाउने भए अन्य व्यापार व्यवसाय गर्न सकिन्छ ।’
यस्तै उनले जिल्लाको समग्र विकास गर्न आफू यतिबेला चुनावी मैदानमा होमिएको समेत जिकिर गरे । ‘म जिल्लाको विकासको निम्ति यतिबेला चुनावी मैदानमा छु । यश अघि तपाईंले जिताएर पठाएकाले काम गरेनन् । जिल्लाको बिकास सबै नागरिकको अधिकार हो समृद्ध जिल्लामा बस्न पाउने नागरिकको अधिकार र सुशासन प्राप्तीको लागि मेरो उम्मेदवारी हो ।’ केसीले भने ।

























