एमाले अर्घाखाँचीः रायमाझी प्रतिनिधीसभा सदस्य उम्मेदवारमा सर्वसम्मत सिफारिस

अर्घाखाँची । आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमाले अर्घाखाँचीले उम्मेदवार सिफारिस गरेको छ । प्रतिनिधीसभाको एउटा मात्र क्षेत्र नम्बर रहेको अर्घाखाँचीमा एमालेले टोप बहादुर रायमाझीलाई संघमा सर्वसम्मत सिफारिस गरेको पार्टी अध्यक्ष पिताम्बर भुसालले जानकारी दिए ।

संघमा सिफारिस भएका रायमाझी पुर्व माओवादी नेता हुन् । उनि नेकपा विभाजन हुँदा नेकपा एमाले रोजेका थिए । एमालेको १० औं महाधिवेशनबाट उनी एमाले सचिवमा निर्वाचित भएका थिए । रायमाझीले यस अँघी २०६४, २०७० र २०७४ को गरी तिन पटक निर्वाचन जितीसकेका छन् । २०६४ सालको निर्वाचनमा नेपाली कांग्रेसका नेता मानबहादुर विश्वकर्मालाई तथा २०७० र २०७४ सालको निर्वाचनमा कांग्रेसकै नेता डा. रामबहादुर बिसीलाई पराजित गर्दै उनी सांसद बनेका थिए । अर्घाखाँचीमा प्रभावशाली मानिएका नेता रायमाझीको विरुद्धमा अन्य नेताले इच्छा व्यक्त नगरेको बताईएको छ ।

यसअघी २०६४ र २०७० मा नेकपा माओवादी केन्द्रबाट चुनाव जितेका थिए भने २०७४ सालको निर्वाचनमा उनी तत्कालिन नेकपाबाट चुनाव जितेका थिए । उनि अहिले पहिलोपटक नेकपा एमालेबाट चुनावी मैदानमा आएका छन् ।। पुर्व माओवादीबाट एमाले प्रवेश गरेका रायमाझीको एमाले यात्रा तथा परिक्षाको घडी सुरु भएको छ । अर्घाखाँचीबाट धेरै पटक निर्वाचन जितेका रायमाझी आम मतदाताका लागी पुरानै अनुहार भएपनी एमाले भित्र भने नयाँ उम्मेद्वार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img