गाउँपालिका अध्यक्षले श्रीमतीलाई दिए भान्सेको नियुक्ति

कैलाली । अछामको रामारोशन गाउँपालिकाका अध्यक्ष मानबहादुर साउँदले श्रीमतीलाई भान्सेमा नियुक्त गरेका छन् । कार्यालय सहायक सरहको तलब–सुविधा पाउने गरी श्रीमती जयसरा साउदलाई उनले भान्से बनाएका हुन् ।

अध्यक्ष साउदको सिफारिसमा जयसरालाई करारमा नियुक्ति दिइएको गाउँपालिकाले जनाएको छ । नियुक्तिपत्रमा गाउँपालिकाका प्रशासकीय अधिकृत रामबहादुर भण्डारीको हस्ताक्षर छ । जेठ १५ गतेदेखि लागु हुने गरी ६ महिनाको करार सम्झौता गरिएको भण्डारीले बताए ।

‘विश्वासिलो व्यक्ति भान्से राख्न पाउनु हुन्छ भनेका थियौँ, उहाँले आफ्नै श्रीमतीको नाम दिनु भयो’ भण्डारीले भने ‘उहाँकै सिफारिसका आधारमा भान्से नियुक्त गरिएको हो ।’

करार सम्झौताअनुसार भान्सेका रूपमा गाउँपालिका अध्यक्षकी श्रीमतीले मासिक २१ हजार ३ सय पारिश्रमिक, वार्षिक १० हजार पोसाक भत्ता र चार्ड पर्वमा वर्षमा एक पटक एक महिनाको पारिश्रमिक प्राप्त गर्नेछिन् ।

भान्सेका रूपमा नियुक्त गरिएकी जयसरा समितिहरूको अनुगमनमा पनि जाने करार सम्झौतामा उल्लेख छ । यसरी अनुगमनमा जाँदा उनले दैनिक भत्ता बेग्लै पाउनेछिन् । कार्यालय कामको सिलसिलामा कुनै भ्रमणमा जाँदा भ्रमण खर्च भुक्तानी दिने गरी सम्झौता भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै