नेपाल निजामती कर्मचारी युनियन अर्घाखाँचीको आयोजनामा सन्धिखर्कमा भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न

१९ माघ, बिष्णु खनाल । नेपाल निजामती कर्मचारी युनियन अर्घाखाँचीको आयोजनामा सन्धिखर्कमा भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । कर्मचारी युनियनको केन्द्रिय अधिवेशनको सन्दर्भमा विपि स्मृती भवन सन्धिखर्कमा भएको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथी तथा नेपाली काङ्ग्रेसका जिल्ला सभापती केशव श्रेष्ठले निजामती कर्मचारी युनियनका लागि पार्टीको तर्फबाट गर्न पर्ने सम्पुर्ण सहयोग लागि सदैव तयार रहेको बताउनुभयो । उहाले कर्मचारी युनियनका हरेक हकहित प्राप्तिका लागि आफू हरेक क्षणमा सहयोगका लागि खट्ने बताउनुभयो । जिल्ला, प्रदेश तथा संघीय कार्यालय तथा मन्त्रालयमा आउने सेवाग्राहीलाई फलानो मेरो पार्टिको मान्छे, फलानो अर्को पार्टीको मान्छे नभनी स्वच्छ, सरलभावले सेवा गर्न आग्रह गर्नुभयो ।

यस्तै नेपाल निजामती कर्मचारी युनियनका केन्द्रिय वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अर्यालले युनियनकर्मिको हकहित सुरक्षित गर्नका आफू केन्द्रिय अध्यक्ष पदमा उम्मेदवारी दिने बताउनुभयो । युनियनभित्र भएका हरेक बेथिती, बिसङ्गतिलाई हटाउनका लागि उम्मेदवारी दिन लागेको बताउनुभयो

कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सचिव कृष्ण प्रसाद खनाल, नेपाल निजामती कर्मचारी युनियनका केन्द्रिय महासचिव सुभाष कोईराला लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा केन्द्रिय उपाध्यक्ष एकनारायण काफ्ले, सचिव जनक रावल, सदस्य दिवाकर शर्मा, देवराज सापकोटा, भुमी आयोग अर्घाखाँचीका अध्यक्ष यादव घिमिरे, काङ्ग्रेस जिल्ला सदस्य सुर्य प्रसाद भुसाल, बिष्णु क्षेत्री, सिविएका जिल्ला अध्यक्ष कृष्ण वर्मा, युनियनका महाधिवेशन प्रतिनिधि रुकेन्द्र पालुङ्गे, प्रेस युनियन सचिव बिष्णु खनाल, युनियनकर्मी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा केन्द्रबाट आउनुभएका अतिथिलाई मायाको चिनो प्रदान समेत गरिएको थियो ।

कार्यक्रम युनियनका जिल्ला अध्यक्ष माधव अर्यालको अध्यक्षता, महाधिवेशन प्रतिनिधि रवि अर्यालको स्वागत मन्तव्य र सहसचिव रमेश न्यौपानेको सन्चालनमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आज मधेशबाहेक सबै प्रदेशको पहाडी एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना

रिब्दीकोट गाउँपालिका भित्रका विद्यालयहरुका विद्यार्थीहरुको मुटु स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न

वैदेशिक रोजगार व्यवसायी सङ्घको आन्दोलन फिर्ता

पेट्रोलियम पदार्थको मूल्य यथावत

काठमाण्डौमा आज ७ केन्द्रबाट ग्यास वितरण हुँदै

- Advertisement -spot_img
-Advertisement-spot_img