१८ असोज २०८१, शुक्रबार
१८ असोज २०८१, शुक्रबार

गाजाको एक अस्पतालमा भएको आक्रमणमा ५ सय जनाको ज्यान गएको अनुमान

Workplace

काठमाण्डौ । गाजा क्षेत्रको एक अस्पतालमा भएको रकेट आक्रमणमा ५ सय जनाको ज्यान गएको अनुमान गरिएको छ । गाजाको स्वास्थ्य विभागले इजरायली आक्रमणमा परेर अल– अहली अरब अस्पतालमा रहेका झण्डै ५ सय जनाको ज्यान गएको दाबी गरेको हो । तर,  इजरायलले यो दाबीको खण्डन गरेको छ ।

अस्पतालमा आफूले आक्रमण नगरेको बताएको इजरायलले हमासलाई आरोप लगाएको छ । हमासले प्रहार गरेको रकेट असफल हुँदा अस्पतालमा विस्फोट भएको इजरायलले दाबी गरेको बीबीसीले जनाएको छ । हमासले यो घटनालाई युद्ध अपराध भनेको छ ।

यो अस्पतालमा सयौँ बिरामी, घाइते र विस्थापितहरु बस्दै आएका थिए । विस्फोट पछि उनिहरुमध्ये सयौँ व्यक्ति अस्पतालको भग्नावशेषमा पुरिएका  जनाइएको छ । अस्पतालका अनुसार त्यहाँ झण्डै चार हजार जनाले शरण लिएका थिए ।

प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले यो आक्रमण इजरायलले गरेको पुष्टि भए सन् २००८ पछिकै सबै भन्दा घातक आक्रमण हुने जनाएको छ । विश्व स्वास्थ्य संगठनले अस्पतालमा भएको आक्रमणको भत्सर्ना गरेको छ ।
©एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै