१० जेष्ठ २०८२, शनिबार
१० जेष्ठ २०८२, शनिबार

पाखाभरि जून(कविता)

पाखाभरि जून


निम्ब तरु
 
आकाशतिर उडिरहेछन् मान्छेरु अधिकांश
पखेटाको नाम मध्ये एउटो पैसा रहेछ
एउटो महत्वाकांक्षा रहेछ  

आकाशमा पानीसरा जस्ता ताराहरु देखेर
आकाशमा उत्तेजक छातीजस्तै उल्काहरु देखेर
मान्छेहरु फुत्त-फुत्त उड्न थाले
लालायित जन्य पिण्डहरु देखेर
काल्पनिक सौन्दर्यको गाला देखेर
मान्छेहरु निस्कदैछन् घरबाट
बसाईँसराईको झोलीतुम्बा बोकेर
कर्जाको बोक्चो बोकेर
 
अब पाखाभरिको जून कस्ले स्याहार्ने
कस्ले सम्हाल्ने
पाखाभरि जून आँखाभरि मरुभूमि 
युध्दमा हिँडेका सिपाहीले झैं
एक-एक जोर कफन 
एक-एक जोर मृत्यु बोकेर
उड्न सत्तिएका छन् 
सालनाल खसाल्दै ।  

पिठ्युँमा बोकेर झाँटेकीराले झैं बैरागका खपटा
अर्को खप्पर भिरेर निराशाका
अर्को सपनाजस्तो बस्तु
अर्को रहरजस्तो शंकास्पद रहर
अर्को सम्झनाजस्तो सम्झना परेलामा बोकेर ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै