धितोपत्र बजार सम्बन्धि सचेतना कार्यक्रम

भैरहवा, २१ असोज । विश्व लगानीकर्ता सप्ताहको अवसर पारेर नेपाल धितोपत्र बोर्ड र स्टक ब्रोकर्स एशोसिएसन अफ नेपालको आयोजना तथा आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रा.लि. ब्रोकर नं. ५७ को ब्यवस्थापनमा धितोपत्र बजारसम्बन्धि लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम भैरहवामा सम्पन्न भएको छ ।

आधारभूत तहका लगानीकर्ताहरुलाई धितोपत्र बजारमा सुरक्षित लगानीका लागि सचेतना जगाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । सो कार्यक्रममा नेपाल धितोपत्र बोर्डकी सहायक निर्देशक सिए नमूना जोशीले शेयर बजारसम्बन्धि आधारभूत कुराको जानकारी दिदै राम्रोसँग अध्ययन गरेर मात्र शेयर बजारमा प्रवेश गर्नुपर्ने बताईन् । उनले सूचीकृत कम्पनीका विवरण, वित्तीय अवस्था बारे बुझ्न लगानीकर्ताहरुलाई आग्रह गरिन् ।

शेयर बजारका जानकार उपेन्द्रराज पाठकले बिगत दुई दशकदेखि आफुले दोश्रो बजारमा प्रवेश गरेको जानकारी दिदै विचार नगरी शेयर किनबेच गर्दा नोक्सान ब्यहोर्नुपर्ने बताए । बजार घटबढ हुनुलाई स्वभाविक मान्नुपर्नेमा जोड दिदै उनले नियामक निकायहरुले लगानीकर्ताहरुको सुरक्षाको लागि विशेष ख्याल गर्नुपर्ने आवश्यकता औल्याए ।

आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजका प्रबन्ध निर्देशक गुणानिधि भुसालले शेयर कारोबार गर्ने लगानी कर्ताहरुको अधिकतम हीतलाई ध्यानमा राखेर स्टक ब्रोकरहरुले काम गरिरहेको जानकारी दिए । कार्यक्रम आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रा.लि. भैरहवा शाखाका प्रमुख रेवतीरमण भट्टराईको स्वागत तथा बुटवल शाखाका प्रमुख टेकराज भट्टराईको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आजदेखि पर्सिसम्म यी ठाउँमा बाढीको मध्यमदेखि उच्च जोखिम

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

- Advertisement -spot_img
-Advertisement-spot_img