४ चैत्र २०८१, सोमवार
४ चैत्र २०८१, सोमवार

अर्थतन्त्रलाई लयमा ल्याउने कोसिस भइरहेको छ: अर्थमन्त्री महत

Workplace

काठमाण्डौ – अर्थमन्त्री प्रकाशशरण महतले देशको अर्थतन्त्रलाई लयमा ल्याउने कोसिस भइरहेको बताउनुभएको छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २५औँ वार्षिक साधारणसभा तथा अधिवेशनलाई आज काठमाण्डौमा सम्बोधन गर्दै अर्थमन्त्री डा महतले सरकारले खस्कँदो अर्थतन्त्रलाई लयमा ल्याउने प्रयास गरिरहेको जानकारी दिनुभयो ।

उहाँले केही समस्याका बाबजुद आगामी दिनमा अर्थतन्त्र सकारात्मक दिशातर्फ जाने विश्वास व्यक्त गर्दै सरकारको कामप्रति सकारात्मक बन्न आग्रह गर्नुभयो ।

‘अर्थतन्त्रमा केही समस्या आएका छन् । विविध कारणबाट आएका यी समस्याको समाधानको आवश्यकता छ,’ अर्थमन्त्री डा महतले भन्नुभयो, ‘राज्य संयन्त्रबाट जहाँ कमी कमजोरी भएको छ त्यहाँ सुधारका लागि निरन्तररुपमा लागिपरेका छौँ । केही सीमितताका बाबजुद अर्थतन्त्रलाई लयमा ल्याउने कोसिस भइरहेको छ ।’

पर्यटक भित्रिने क्रम बढिरेहको, विदेशी मुद्राको पर्याप्त सञ्चिति र अन्य आर्थिक गतिविधि अघि बढाउनका लागि भएका समस्यालाई सहजीकरण गर्नेतर्फ मन्त्रालय लागिपरेको उहाँले जानकारी दिनुभयो ।

राजस्व सङ्कल्प अपेक्षाअनुसार नबढे पनि तुलनात्मकरुपमा गएकाे आर्थिक वर्षभन्दा सन्तोषजनक रहेको अर्थमन्त्री डा महतको भनाइ छ ।

देशका विभिन्न निकायले लिने निर्णयका कारण आर्थिक गतिविधिमा प्रभाव परेको उल्लेख गर्दै उहाँले आवश्यकताअनुसार सहजीकरण गर्न सरकार तयार रहेको बताउनुभयो ।

अर्थतन्त्र सुधारोन्मुख बनाउन सकारात्मक ‘डिस्कोर्स’को आवश्यकता भएको उहाँले बताउनुभएको छ।

‘राज्य संयन्त्रका सबै अङ्गले एउटै लयमा एउटै लक्ष्यका लागि काम गर्न नसक्दा जानेर नजानेर गर्न नसक्दा पनि समस्या आएका छन्,’ अर्थमन्त्री डा महतले भन्नुभयो, ‘निजी क्षेत्रमा लगानीको जोखिमलाई वास्तविकताको धरातलमा रहेर यथार्थ मूल्याङ्कन गर्न आवश्यक छ ।’

निजी क्षेत्रको गतिविधिलाई धेरै माइक्रो म्यानेजमेन्ट गर्नतर्फ लाग्दा समस्या आउने उल्लेख गर्दै उहाँले बृहत् नीतिगत ‘फ्रेमर्वक’ भित्र कार्यान्वयनमा लग्नुको महत्वबारे स्पष्ट पार्नुभयो ।

यस्तै निजी क्षेत्रले आत्मनियमन अवलम्बन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । छाता सङ्गठनले एउटा मूल्य र मान्यतामा आधारित रहेर काम गर्न आत्म नियमनकर्ताको भूमिका निर्वाह गर्न मन्त्री डा महतको सुझाव छ । वैदेशिक सहयोग लिदा नेपालको आवश्यकता र प्राथमिकताका आधारमा मात्र लिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले दिएको सुझावलाई कार्यान्वगन गर्न सरकारसँग माग गर्नुभयो ।

उहाँले सरकारी निकामनकारी निकायबाट प्रवाह हुने सूचनालाई सबैको पहुँचमा सहज रुपमा पुर्‍याउनसमेत अर्थमन्त्री डा महतसमक्ष सुझाव प्रस्तुत गर्नुभयो ।

नेपाल उद्योग परिसङ्घका कार्यबाहक अध्यक्ष वीरेन्द्रप्रसाद पाण्डे र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले खस्कदो अर्थतन्त्रलाई सुधार गर्न एकजुट भएर अघि बढ्न आह्वान गर्नुभयो ।

कार्यक्रममा सेजनका संस्थापक अध्यक्ष प्रतीक प्रधानले नवीन प्रविधि र सामाजिक सञ्जालको बढ्दो प्रयोग पत्रकारिताका लागि चुनौती बन्ने बताउनुभयो ।

उहाँले इमान्दारपूर्वक व्यावसायिक पत्रकारिता गर्न सुझाव दिँदै सेजनको नेतृत्व चयन निष्पक्ष र स्वच्छ रुपमा सम्पन्न गर्न सुझाव दिनुभयो ।

यस्तै सेजनका पूर्वअध्यक्षहरु गोकर्णराज अवस्थी, भीम गौतम र पुष्पराज आचार्य, नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीलगायतले सेजन र समग्र पत्रकारिताको शुद्धीकरणबारे आ–आफ्नो धारणा राख्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै