जनताको समस्या हल गर्ने पार्टी माओवादी मात्र होः बामदेब क्षेत्री

यतिबेला नेकपा माओवादी केन्द्रको तिन महिने रुपानतरण अभियान सुरु भएको छ । “जनजनमा माओवादी घरघरमा माओवादी” भन्ने नारासहित यतिबेला माओवादी नेता कार्यकता जनताको घरदैलोमा पुगेका छन् । हिजो माओवादीले गरेको १० वर्षे जनयुद्ध पश्चात देशको व्यवस्था परिवर्तन भएको छ तर जनताको अवस्था भने त्यस्तै दयानीय छ । जनयुद्धका बेला जनतामाझ माओवादीले देखाएका ति तमाम सपना, आशाहरु पुरा हुन सकेनन् । २०६४ सालमा भएको संविधान सभा निर्वाचनमा सबैभन्दा ठुलो दल बनर संसद प्रवेश गरेको माओवादी आज २०७९ को निर्वाचन सम्म आइपुग्दा ३२ सिटमा खुम्चिन परेको छ । आखिर माओवादीको यो अवथा किन आयो ?, माओवादीले जनतालाई देखाएका सपना किन पुरा गर्न सकेन ?, रुपान्तरण अभियानको कारण के ? रुपान्तरण पछि के बन्ला त देशको पहिलो पार्टी माओवादी ? यी र यस्तै जिग्यासाको उत्तरको लागि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा तिन महिने रुपान्तरण अभियानका अर्घाखाँची जिल्ला ईन्चार्ज बामदेब क्षेत्री सँग सहकर्मी नविन रसाईलीले गर्नुभएको कुराकानीको अंशः

स्वागत छ बामदेब ज्यु
धन्यवाद नविन जी

यतिबेला माओवादी केन्द्र रुपान्तरण अभियानमा लागेको छ, रुपान्तरण अभियान किन ?
हामी तिन महिने अभियानमा “जनजनमा माओवादी घरघरमा माओवादी” भन्ने नारासहित आएका छौं । यस अघि पाँच दिनसम्म बसेको माओवादीको केन्द्रिय समितिको बैठकमा आएको रिपोर्ट अनुसार एकपटक माओवादी जनतामाझ जानुपर्छ भन्ने निष्कर्ष पार्टीले निकाल्यो । माओवादी केही बिग्रीएको छ, केहि समस्याहरु छन्, जनताका माओवादी प्रति गुनासाहरु छन्, ति गुनासाहरु जनताकै बिचमा गएर सुन्नुपर्छ भन्ने पार्टीले निर्णय ग¥यो त्यसपछि हामी जनतामाझ आएका हौं ।

तपाईहरु हिजो पनि त १० वर्षसम्म जनताको घरमा गएर गुनासो सुन्नुभएको हो, जनताले पनि माओवादीलाई विश्वास गरेर बहुमत सहित देशको पहिलो पार्टी बनाएर संसद पठाएका हुन् नि ?
हो हिजो पनि हामी जनताको घरदैलोमा गएका हौं । हिजो वर्ग, जाति लिङ्ग, क्षेत्रका प्रश्नहरु उठायौं, संघर्ष पनि ग¥यौं र एउटा स्थितिमा यो देशको राजतन्त्रको अन्त्य गर्ने, यो देशमा समानुपातिक समावेशी पद्यति लागु गर्ने प्रतिबद्धता ग¥यौं, हामीले उठाएका धेरै कुरा पुरा भए तर सबै अझै पुरा हुन सकेको छैन् । त्यसैका लागि पनि अहिले हामी जनतामाझ आएका छौं । अहिलेको अवस्थामा आईरहदाँ ३२ सिट जितेपनि यो देशको राजनैतिक हाम्रो कमाण्डमा छ । जातीय, वर्गीय, क्षेत्रलाई समानुपातिक रुपमा सम्बोधन गर्ने कुरामा होस् वा सरकारको नेतृत्व गर्ने दृष्टिकोणमा होस् यी सबै हाम्रो सेरोफेरोमा छन् ।

हिजो प्रत्यक्ष र समानुपातिक सहित २२० सिट लिएर देशको पहिलो बनेको दल आज ३२ सिटमा किन खुम्चियो ?
त्यो बेला हामी युद्धबाट भर्खर भर्खर आएका थियौं । राप र ताप पनि थियो । हाम्रो संगठन संरचना थिएन् । युद्धमा भएकाले युद्धकालिन शैलीको हाम्रो संगठन थियो । जनताको बिचमा हाम्रो संगठन थिएन । त्यस्तो बेला हामीले जित्यौ, यो माओवादीलाई जिताउन पर्छ यो देशमा केहि गर्न सक्छ भनेर जनताले आशाका साथ मत दिएर हामीले जित्यौं । त्यो समयसम्म हामी सत्ताका अनुभवी पनि थिएनौं । कतिपय कुराहरुमा हाम्रा कमजोरीहरु पनि छन् । पार्टीभित्र अन्तरसंघर्ष भयो जसका कारणले पार्टी पनि विभाजन भयो । तेस्रो कुरा हामीले हाम्रा पार्टी कार्यकर्तालाई व्यवस्थापन गर्न सकेनौं । अहिले पनि समानुपातिकमा १२ लाख भोट आयोनि त जनताले त अझै पनि विश्वास गर्छन् । तर पछिल्लो समय पार्टी बिग्रिएको छ । नेताह जनताको विकासमा लाग्न सकेनन् त्यसैले हामीले रुपान्तरण अभियान थालेका हौं ।

शान्ति प्रक्रियामा आएपछि पनि हालसम्म माओवादी पटक–पटक सत्तामा गयो, तर जनताले भने जस्तो किन हुन सकेन ? सत्ता मोह लागेको हो र ?
तपाईले भनेजस्तो हामी कहिले सत्तामा कहिले सत्ताभन्दा पक्कै गइरहेका छौं । सत्तामा जानुको कारणहरु भनेकाः
शान्ति प्रक्रियामा निर्णय गरेका कतिपय कुराहरु जस्तै सत्य निरुपण मेलमिलाप आयोग, बेपत्ता आयोग अहिलेपनि टि.आर.सीको मुद्धा अहिलेपनि टुंगेको छैन् । त्यसैले अन्य राजनैतिक दलसँग सहकार्य गर्न बाध्य छौं ।
यो संविधान धेरै मेहनतले बनायौं हामीले संविधान सभाबाट, केहि उपलब्धी हामीले त्यहाँ राखेका छौं यो संविधानको रक्षा गर्न र विकास गर्न पनि हामी पटक–पटक सत्तामा जानुपरेको हो ।

पछिल्लो समय तपाईले देखिरहनुभएको छ देशको नेतृत्प गर्ने उच्च तहका नेताहरु नै ठुला ठुला भ्रष्टचारका मुद्धामा मुछिन थाले, यसले त जनतामा नेताप्रति भरोसा नभएर निरासा छाउला नि होइन र ?
हो यो जे भइरहेको छ गलत भइरहेको छ । मैले पहिला नै भने आचारण, कार्यशैली, जीवनपद्ती, आर्थिक, पद र प्रतिष्ठाका लागि जे पनि गर्न सक्ने स्थिति भएकाले हामी बिग्रिएका हौं । अहिले हाम्रो पार्टीको नेतृत्वमा भएको सरकारले भ्रष्ट्रचार विरुद्धको अभियान नै चलाएको छ । यदी हाम्रो पार्टीभित्र भ्रष्ट्रचार गरेका, अनैतिक काम गरेका मान्छेहरु छन् भने तिनलाई कारोबाही हुनुपर्छ भन्ने पक्षमा पार्टी छ । हाम्रो पार्टीभत्र जो सुकै नेता भएपनि कारोबाही हुन्छ ।

यतिबेला रुपान्तरण अभियान मै हुनुहुन्छ अर्घाखाँची जिल्लाका गाउँगाउँ जानुभएको छ यहाँका जनताको प्रतिक्रिया के पाउनुहुन्छ ?
जिल्लाका ६ वटै स्थानीय तहका बैठक सम्पन्न गरे । केही वडामा पनि पुगिसकेको छु । त्यहाँ पुगिरहँदा जनतासँग भलाकुसारी गर्ने गरेका छौं । अभियानको आचार संहिता पनि बनाएका छौं । भाद्र १६ गते अभियानको पार्टी अध्यक्षले उद्घाटन गरेपछि अभियान सुरु हुनेछ । यो हाम्रो अभियानको तयारी मात्र हो । अभियानको उद्घाटन् भएपछि खास अभियान सुरु हुन्छ, अभियान माद्र १६ देखि मंसिर १६ गतेसम्म चल्ने छ ।
मैले अर्घाखाँचीलाई राम्रोसँग बुझेको मान्छे हुँ, यहाँको भुगोलसँग परिचित भएकाले यो जिल्ला कम्युनिष्ट पार्टीको उर्भर भुमी हो, हामीले पनि हाम्रा कुरा यहाँका नागरकलाई सिकाउने र जनताबाट पनि केहि कुरा सिक्न पाउँदा गौरव लागेको छ । हामीले जिम्मा लिएका वार्डलाई नमुना बनाउन लागी पर्ने छौ । यसले गर्दा जनताको प्रतिक्रिया पनि राम्रो होला भन्ने विश्वास लिएका छौं ।

अभियान पछि अर्घाखाँचीको माओवादी पार्टी कस्तो बन्छ भन्ने विश्वास लिनुभएको छ ?
अर्घाखाँचीमा माओवादीको अहिले यसो रिपोर्ट हेर्दा ४३÷४४ सय करिब पार्टी सदस्य भएको पाए । मैले ६ वटै स्थानीय तहको रिपोर्ट हेर्दा ३८ सय जति फेला पारेको छु । अब अभियान पछि यहाँको पार्टीलाई १० हजार सक्रिय सदस्य बनाएर अब्बल पार्टी बनाउने र उत्पादन सँग जोड्ने पार्टी बनाएर फर्कने लक्ष्य लिएको छु । अभियान पछि वास्तविक जनताको पार्टी बन्ने विश्वास लिएका छौं । मैले छाता आकारको संगठन नभइ पिरामिड आकारको माओवादी संगठन बनाउने छु ।

देशमा भएका सहिद, घाइते र बेपत्ता परिवारका लागि पार्टीको निर्णय के हो ?
सहि प्रश्न गर्नुभयो, अहिले हाम्रो सरकार आएपछि, राजपत्रमा अंकित हुनेगरी सरकारका सहित घोषणा गरिसकेका छौं । उहाँहरुलाई परिचयपत्र बनाईदिँदै छौं । घाईतेहरुलाई उपचारको व्यवस्था गरेका छौं । बेपत्ता परिवार उनिहरुलाई संरक्षण गर्ने, व्यवस्थापन गर्ने काम गरेका छौं । हाम्रो पार्टीका लागि यी सबै प्राथमिकतामा पर्नेछन् ।

अन्त्यमा के भन्नुहुन्छ ।
हामीले पार्टीलाई पुनः निमार्ण गछौं । हामीले माओवादीलाई फेरी प्रतिबद्धा पार्टी बनाउँछौं । जनताका समस्या माओवादी पार्टीले नै हो हल गर्ने त्यसैकारणले अहिलेको अभियानमा तपाईमाझ आएका हाम्रा नेता कार्यकर्ता सँग भलाकुसारी गर्नुहोस्, रचनात्मक आलोचना गर्नुहोस्, सुझाव दिनुहोस्, पनि पार्टी निर्माणमा लाग्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लगातारको वर्षाले सडक अवरुद्ध हुन थाले

अर्घाखाँची कांग्रेसका दुई पालिकामा सर्वसम्मत नेतृत्व चयन, चारमा सहमतिको प्रयास

आज देशैभर कांग्रेसको पालिका अधिवेशन

राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै

सरकारले बिजुलीमा लगाएको भ्याट हटाउने

- Advertisement -spot_img
-Advertisement-spot_img