मेरो उम्मेदवारीले मतदातामा खुसी छाएको छः उम्मेदवार रायमाझी

आगामी मसिर ४ गते हुन गैईरहेको प्रतिनिधि÷तथा प्रदेश सभा निर्वाचनमा नेकपा (एमाले) बाट प्रतिनिधि सभा सदस्य पदका लागी समानुपातिक उम्मेदवार बिजुला रायमाझी सँग प्रेस लुम्बिनी डटकमका प्रधान सम्पादक हृदय भुसालले गरेको कुराकानीको मुख्य अंशः

तपाईंको उम्मेद्बारी किन ?
म २०४० सालदेखि तत्कालिन सामाजिक असमानता ,छुवाछुत ,अन्धविश्वास र सामाजिक विभेद देखेर प्रगतिशील खेमाको विद्यार्थी सङ्गठनमा आबद्ध हुँदै समाज परिवर्तन गर्ने अभियानमा लागेकी हु । हुन त म २०३५ सालको जनमतसंग्रहमा जानिनजानी बहुदलवादिको सहयोगी बनेको याद छ । म २०४६ सालदेखि निरन्तर महिलामुक्ती आन्दोलन र कम्युनिस्ट पाटीको कार्यकर्ताको भुमिकामा रहदै आएकोले यो पटक म आबद्ध पाटी ने क पा एमालेले मलाई समानुपातिक बन्दसुचीमा समावेस गरेकोले मेरो उम्मेदवारी हो । म अर्घाखाँचीमा आम जनसमुदायमा अपरिचित नाम होइन र यो जिम्मेवारी पूरा गर्न सक्छु भन्ने हिम्मतका साथ श्रमजीवी र आवाज विहिनहरुको आवाज बनेर मेरो उम्मेदवारी हो ।

चुनाव प्रचार प्रसार अभियानलाई कसरी अगाडी बढाउनु भएको छ ?
म सकेसम्म मतदाता माझ पुग्ने योजनाका साथ लागेकी छु ।

मतदाताको प्रतिक्रिया कस्तो पाउनु भएको छ नि ?
मतदाताहरु मेरो नाम समावेश भएको थाहा पाउँदा र भेटघाट हुन पाउँदा अति खुसी भएको पाएको छु ।

जनताले तपाईंलाई किन भोट दिने ?
जनताले लोकपृय पार्टीको एक इमान्दार कार्यकर्ता,स्वच्छ छवि भएको ,निश्टावान ब्यक्तिगत स्वार्थ भन्दा वर्गीय हितका निम्ति प्रतिबद्ध व्यक्तिलाई नै मतदाता मतदान गर्न आतुर छन ।

चुनावमा बोलेका प्रतिबद्वता जित्नु भो भने पूरा गर्नु हुन्छ भन्ने कुरा कसरी बिश्वास गर्न सकिन्छ ?
त्यो कुरा समयले देखाउने कुरा हो । मेरो बुद्धि विवेक र क्षमताले भेटेसम्म जनहितमै लाग्ने हो ।मलाई कमाउन र सस्तो लोकपृयता कमाउन छैन झुट बोल्न छैन ।

चुनावमा आममतदातालाई के भन्न चाहानु हुन्छ ?
म अर्घाखाँचीमा मात्र होइन आम मतदाता आमाबुवा दाजुभाइ दिदीबहिनी समक्ष आफ्नो अमुल्य मत खेर नफाली एक पटक सोच विचार गरि कसैको प्रलोभन र झुटा आश्वासनमा नलाग्न अनुरोध गर्दछु । आफ्नो अमुल्य भोट निर्धक्क सदुपयोग गर्न अनुरोध गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै