मंसिर ४ गते सम्पन्न हुन गईरहेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा हामीले अर्घाखाँची प्रदेश सभा “क” मा गठबन्धनको तर्फबाट उम्मेदवारी दिनु भएका राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य सागर केसीसँग कुरा गरेका छांै कुराको सम्पादित अंश
१ तपाईको उम्मेदवारी किन ?
– विगतमा यो क्षेत्रबाट जितेर गएका जनप्रतिनिधिहरुले राष्ट्र र जनताको हितमा काम गर्न सकेनन् । विकासको लागि पनि स्वच्छ र निश्पक्ष तवरबाट भूमिका निर्वाह गर्न नसकेको कुरा हाम्रो सामु दिनको घामजस्तै छर्लङ्ग छ । जिल्ला, गाँउ र यो क्षेत्रको विकासको लागि आधुनिक किसिमले नयाँ किसिम र नयाँ सोचबाट अगाडि बढ्न सकियो भने मात्र यो जिल्लाको विकास र समृद्धिका ढोकाहरु खुल्छन् र त्यसको लागि हामीले जिम्मेवारी लिनुपर्छ भन्ने मान्यताका साथ पार्टीको योजना अनुरुप मैले उम्मेद्वारी दिएको छु ।
२ तपाईले चुनाव जित्ने आधार के छ ?
मैले राजनीति अहिले मात्र चुनावको मुखमा आएर गरेको हैन । करिब ५ दशक देखि पार्टी संगठन र समाजको लागि काम गरेको छु । हाम्रो पार्टीले प्रतक्ष वा अप्रतक्षरुपमा आज सम्मका परिवर्तनमा महत्वपुर्ण भूमीका निर्वाह गरेको छ त्यसमा म पनि संलग्न छु । जनताको दुखमा साथ दिएको छु र घनिष्ट सम्बन्ध पनि छ । वैचारिक तथा सैद्धान्तिक रुपमा फरक स्थानमा रहेपनि जिल्ला तथा स्थानिय स्तरका मुद्धा मामिला र झैझगडा मिलाउन र, जिल्लाको विकासको लागि म संलग्न छु । जिल्लाका सबै तह र तप्काका आदरणिय मतदाताहरुले यो कुरा बुझ्नु भएको कारण म प्रति नकरात्मक नभएको महशुष गरेको छु र मेरो प्रतिपक्ष चेतनारायण आचार्य समेत सकरात्मक भएकोले यस चुनावमा मैले जित्नै पर्छ भन्ने छ, सजिलै जित हात पर्छ भन्ने कुरामा ढुक्क छु ।
३ चुनावको तयारी कसरी अगाडि बढेको छ ?
हामी गठबन्धनमा छांै । गठबन्धनमा दलहरुको बैठक बसेर कार्यक्रम बनेका छन् । पहिलो चरण आम मतदाता, नेता कार्यकर्ताहरु सित भेटघाट सम्पन्न भईसकेका छन् । र हामी दोस्रो चरणमा पनि अझै मसिनो गरि जनता माझ जाने तयारी गरेका छौं ।
४ तपाईहरुको पार्टी काग्रेसको पछाडि हिड्यो भन्ने आरोप पनि छ नि ?
यो त मानिसको बुझाईमा भर पर्ने कुरा हो । यो विचार व्यक्त गर्नुभन्दा अगाडि देशको वर्तमान परिस्थितीको बारेमा बुझ्यौं भने सही निश्कर्षमा पुग्न सकिन्छ भन्ने मलाई लाग्छ । श
सैद्धान्तिक रुपमा हामी फरक विचार धारा आत्मसाथ गरेका पार्टीका मान्छे हांै । तर केपी वलीको सरकारले २।२ पटक ससद विघटन गरेपछि गणतन्त्र र धर्म निरपेक्षता नै खतरामा परेको कारण हामीले विशेष गरेर ५ दलले गठबन्धन गरेर संसद पुनस्थापनाको लागि सडक देखि आवाज उठायौं र संसद पुनस्थापना गर्यौं । त्यतिबेला देखि नै हामी ५ दल भित्र रहेका पार्टीलाई के लाग्यो अब केपीको यस प्रकारको स्वेच्छाचारी र अधिनायकवादी कदमलाई तोड्न सकिएन भने देश प्रतिगमन तिर जान्छ भन्ने लागेर त्यतिबेला नै हामी तर हामी गणतन्त्र र धर्मनिरपेक्षता रक्षाको लागि गठबन्धन गरेर आन्दोलनमा सहभागी भएको छौं । र अहिले पनि त्यहि अनुसार गठबन्धन बनाएर अगाडि बढेका छौ । अर्घाखाँचीको सन्दर्भमा हामी कोही कसैको अगाडि पछाडि लाग्ने भन्दा पनि आपसी सल्लाह सहमतिका साथ अगाडी बढेका छौं ।
५ यहाँको पार्टी संघीयता विरोधी पार्टीको रुपमा परिचित छ । संघीयताको मुल मर्म अनुसार प्रदेश तहको सरचना निर्माण भएको छ र यहाँको उम्मेदवारी पनि प्रदेश मै यो त अलि सुहायन कि ?
संघीयता बेठीक छ भन्ने हाम्रो विचार अहिले पनि कायम नै छ । तर पनि हाम्रो उम्मेदवारी संघ प्रदेश दुवै तहमा छ । हामीले जितेर भएपछि पनि संघ र प्रदेशको रोष्टमबाट संघीयता खारेजीको लागि अवाज उठाँउछौ ।
६ तपाई कस्ता प्रकारका मुद्धा लिएर जनता माझ जानुभएको छ ?
हामीसँग जनताको माझमा जानको लागि मुद्धाको कमी छैन । चुनावको सन्दर्भमा पनि यो कुरा लागु हुन्छ । देशमा भ्रष्टचार अनियमितता व्याप्त छ यसलाई रोक्नुपर्ने छ । विकास निर्माण कार्यमा भएका थुपै्र प्रकारमा अनियमितता लाई रोकेर पारदर्शी गर्नुपर्नेछ । कृषिलाई आधुनिकिकरण गरेर व्यवसाय र आयमुलक तरिकाबाट अगाडि बढाउनुपर्नेछ । जिल्लालाई पर्यटनको विकास गर्नुपर्ने छ । सुपादेउराली देखि सन्धिखर्क अर्घा बामरुक नर्सिङथान बल्कोट लगायतका ठाँउहरुमा पर्यटन क्षेत्रको रुपमा विकास गर्न सकिन्छ । शैक्षिक गुणस्तर वृद्धि गरि व्यवसायिक शिक्षा प्राप्तीको लागि विशेष ध्यान दिईनेछ । अस्पतालको नाजुक अवस्था छ । यसको स्तरोन्नतिमा ध्यान दिईने छ सामन्य विरामी बुटवल जानपर्ने अवस्थाको अन्त्य गर्नुपर्नेछ । करिब ५० प्रतिशत रोगको उपचार जिल्लाबाट नै हुन सक्ने व्यवस्था मिलाउनु पर्छ भनेर सोचिरहेका छौं । मुद्धाहरुको अभाव छैन र बरु समधान भोलिका दिनहरुमा कसरी गर्न सकिन्छ भन्ने विषयमा जिल्ला वा जिल्ला बाहिर रहेका विद्धान बुद्धिजीवीहरुसँग छलफल गरेर जिल्लाको विकासको लागि लाग्नु पर्नेछ ।
७ गठबन्धन गर्नुको मुख्य कारण के हो ?
देश प्रतिगमन तर्फ धकेलिएको कारण गणतन्त्र रक्षा धर्म निरपेक्षता रक्षाको लागि र अग्रगमनको लागि यो गठबन्धन आवश्यकता बन्यो । प्रतिगमनलाई परास्त नगरे सम्म देशको सविधानको रक्षा हुन नसक्ने अवस्था सिर्जना भयो । राजनिति अस्थीरताको कारणले विकासमा बाधा पुग्यो । कम्युनिष्ट विचारधारा पनि रक्षा हुन नसक्ने अवस्था आयो र प्रतिगमनलाई परास्त गर्नको लागि पार्टी केन्द्रबाट नै गठबन्धन गरियो र हामीलाई पनि त्यो विषय ध्यान दिएर हामी पनि गठबन्धन गरेर अगाडि बढेका छौं । जितको लागि भन्दा पनि सविधानको रक्षा गणतन्त्र धर्म निरपेक्षताको रक्षाको लागि यो आवश्यकता बन्यो ।
८ तपाईले जितेपछि तपाईको क्षेत्रका मतदाताले के आशा गर्ने ?
हामीले जनतालाई झुट्टा आश्वासनहरु बाँडेका छैनौं । जितेपछि आपसी सल्लाह अनुसार जनताको माग र आवश्यकता अनुसार कहाँ के गर्नु पर्छ त्यो अनुसार योजना बनाएर काम योजना बनाएका छौं ।
९ अन्त्यमा केही ?
मेरो विचार व्यक्त गर्ने अवसर दिनुभएको पत्रिका परिवार प्रति आभार प्रकट गर्न चाहन्छु । मसिर ४ को निर्वाचनमा अग्रगमन पक्षधर उम्मेदवारलाई आफ्नो अमुल्य मतदान गरेर विजय गराउन समेत अनुरोध गर्दछु ।