३० माघ २०८१, बुधबार
३० माघ २०८१, बुधबार

समयमै साबधानी नअपनाए दाँतले जटिल प्रकारका समस्या देखाउछः डा रायमाझी

Workplace

अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा न १० धनचौरमा बुवा मान ब रायमाझी र आमा शोभा रायमाझीको कोखबाट विस २०४३ साल अशोज १५ गते जेठो सन्तानको रुपमा जन्नुभएका डा महेन्द्र प्रताप रायमाझीले सानै उमेर देखि नै समाजमा केही गर्ने सोच तिष्ण गतिशिलताका साथ अगाडि बढ्ने गरेका रायमाझीले दन्त चिकित्सक सम्वन्धी अध्ययन गरी २०७१ सालमा अर्घाखाँचीको सन्धिखर्कमा निदान टेन्टल केयर प्रा.लि नाम क्लिनिक खोली सेबा दिनुभएका डा रायमाझी सँग पछिल्लो सयम दातमा देखिएका समस्या लाग्ने रोग बच्ने उपाय लगायतका बारेमा प्रेस लुम्बिनी डटकम कर्मी अनिल नेपालीले गरेको कुराकानीः

१) अर्घाखाँची जिल्लामा सामान्यतया दाँतका विरामीमा कुन समस्या देखा परेका छन् ?
सामान्यतया अर्घाखाँची जिल्लामा दातमा किरा लागेको गिजामा हुने समस्या गिजा पाक्ने दुख्ने सास गन्हाउने ¥यालग्रन्थीमा हुने समस्या तथा मुख तथा दाँतको क्यान्सर जिब्रोमा हुने घाउ खटिरा लगायतका समस्याहरु प्रर्याप्त मात्रामा देखा पर्ने गरेका छन् ।

२) दाँतमा किरा लाग्नुको मुख्य कारण के हो ?
दाँतका किरा लाग्नुको मुख्य कारण खानेकुराहरू दाँतमा अडकिएर बस्नुनै हो । त्यसरी बसेका खानेकुराहरू जब दाँतमा नै कुहिन र सड्न थाल्छ त्यसबाट हानिकारकब्याक्टेरीयाहरू बन्न थाल्दछन् । जुन हामीले आखाँले देख्न सक्दैनौ, त्यसैलाई हामी किरा लागेको भन्ने गर्दछौ । दाँतमा अड्किने खानेकुरा चकलेट लगायतले दाँतमा किरा लाग्ने गर्छ ।

३) दाँतलाई स्वस्थ राख्ने उपाय भनेको के हो ?
दाँतलाई स्वस्थ राख्नका लागि अति आवश्यक कुरा नै दाँतको सरसफाइ हो । हामीले हाम्रो मुखलाई स्वस्थ राख्न सकेमा मात्रै दाँत स्वस्थ हुन्छ । दिनमा दुइपटक दाँत माझ्ने, गुलियो र मैदाबाट बनेका खानेकुरा खाँदा तत्काल कुल्ला गर्ने गर्नुपर्छ । बिहान बेलुका खाना खाएपछि दाँत माझ्ने बानी बसाल्नुपर्छ । बिग्रदो जीवनशैली, खानपानमा ख्याल नगर्नु, दाँतको उचित हेरबिचार नगर्नु जस्ता कारणबाट नै दन्त रोग लाग्छ । कम्तिमा ६–६ महिनामा दाँतको परीक्षण गर्नुपर्छ ।

४) अर्घाखाँची लगायत देशैभरी पछिल्लो समय दाँतको समस्या लिएर अस्पताल धाउनेहरुको संख्या बढ्दो छ दाँतमा खासगरी समस्या आउनुको कारण के होला ?
दाँत मानिसको मुखभित्रको असाध्यै महत्वपूर्ण संरचना हो । यसको हेरबिचार नगर्दा विभिन्न समस्याहरु देखा पर्ने गरेका छन् । दाँतको कारण मुखको रोग पनि देखा पर्छ । त्यो भनेको जनचेतनाको अभावले हो । मानिसले दाँतको हेरचाहमा लापरवाही गरेकै कारण दाँत दुख्ने, गिजा सुन्निने, दाँतमा किरा लाग्ने जस्ता रोगको सामना गर्नुपरेको हो । त्यसका लागि हामीले खानपानमा ध्यान दिनुपर्छ । त्यसकारण दाँतदाई असर पार्ने खालका खानेकुराहरु खाँदा हेरबिचार पु¥याउने र कमसे कम दिनमा २ पटक दाँत माझ्ने बानी बसाल्नुपर्छ । यसो गरेमा दन्त रोग लाग्नबाट जोगिन सकिन्छ ।

५) हामी जाडोमा बढी तातो र गर्मी मौसममा चिसो खानेकुरामा बढी ध्यान दिन्छौ त्यसले दाँतलाई कस्तो असर पार्छ ?
धेरै तातो र धेरै चिसो खाने कुराले दाँतलाई असर गर्दछ । धेरै तातो र धेरै चिसो खानेकुराले दाँतमा सिरिङ्ग–सिरिङ्ग पैदा गर्दछ । त्यसैले ठिक्क तातो र ठिक्क चिसो खानेकुराहरू मात्र खानुपर्दछ । सकेसम्म चिसो पेयपदार्थहरू नखाएको राम्रो हुन्छ । हामीले तातो र चिसोको मात्रालाई मिलाएर खानुपर्दछ । तातो र चिसो कुराहरू एकै पटक भने खानु हुदैन ।

६)बदलिदो समय अनुसार शहरी मात्र नभएर अहिले उपलब्धताका हिसाबले ग्रामिण क्षेत्रका बालबालिकाहरुले चकलेट, आइसक्रिम जस्ता खानेकुरामा बढी ध्यान दिने गरेका छन् । यसले दाँतलाई कस्तो असर गर्छ ?
आधुनिक समाज अनुसार अहिलेका बालबालिकाहरूलाई घरमा जितिसुकै मिठो खानेकुरा पाकेपनि बाहिरको खानेकुरा नखाई हुँदैन । उनीहरूको रुचि बढी बाहिरको खानेकुरामा नै हुन्छ । त्यसले दाँतलाई असर गर्छ । त्यस्ता कुरामा अभिभावकले बिस्तारै नियन्त्रण गर्दै लैजानुपर्छ । बालबालिकालाई चकलेट र आइसक्रिम दिनै हुँदैन भन्ने त होइन, तर दिँदा कुन समयमा कति दिने भन्ने कुरा अभिभावकलाई राम्रोसँग जानकारी हुनुपर्छ । चकलेट, आइसक्रिम जस्ता खानेकुराहरू खानासँगै कहिले दिनहुँदैन । तर अभिभावकले बालबालिकाहरूलाई त्यहि समयमा दिने गर्छन् । यो एकदम गलत कुरा हो । यसले बालबालिकाको दाँतमा किरा लाग्ने गर्दछ । खासगरी यस्ता कुराहरू खाएपछि दाँत माझ्नु र कुल्ला गर्नु अनिवार्य छ । नत्र दाँत बिग्रिन्छ ।

७) मानिसमा गिजा सुन्निने समस्याहरु देखिने गरेका छन्, के त्यो पनि दाँतको कारणले हो ?

दाँतमा भएको समस्याका कारणले पनि गिजामा विभिन्न प्रकारका रोगहरु देखा पर्ने गर्छ । हामीले विभिन्न खानेकुरा खाँदा त्यसका स–साना टुक्राहरु दाँतमा टाँसिएका र अड्किएका हुन्छन् । हामीले दाँत माझेनौ र मुख कुल्ला गरेनौ भने दाँतमा भएका फोहोरका कारण गिजा पाक्ने, सुन्निने, गिजाबाट रगत आउने, दाँतमा किरा लाग्ने, मुख गन्हाउने जस्ता समस्या देखा पर्छन् । दाँतका अलवा कहिलेकाही अरु रोगका कारण पनि गिजामा समस्या आउने गर्छ ।
८) गाँउघरमा दाँत दुख्दा ल्वाङको तेलको प्रयोग गरिने गरिन्छ ? यो हाम्रो दाँतको लागि कतिको फाइदाजनक छ, या हानिकारक छ ?
सामान्यतया नेपालको जुनसुकै ठाउँका मासिहरूले पनि दाँत दुख्दा ल्वाङको तेलको प्रयोग गर्ने गर्दछन् दातँको समस्यालाई ल्वाङको तेलले पूर्ण रुपमा निको पार्छ भन्नु चै गलत हो । आपतकालीन अवस्थामा यो तेलको प्रयोग गरेतापनि दन्त चिकित्सककोमा परामर्श लिई उपचार गर्नुपर्छ । जसले गर्दा दातका विभिन्न रोगहरुबाट बच्न सकिन्छ ।

९) दाँतको उपचार महंगो छ भनिन्छ, रोग लाग्नै नदिन के गर्नु पर्ला ?
मुख्य कुरा त मानिस आफै आफ्नो स्वास्थ्यप्रति सचेत हुनुप¥यो । त्यसैगरी सरकारले पनि ग्रामिण क्षेत्रमा जनचेतना फैलाउनु परयो । त्यसकारण उनीहरुको खानपानमा ध्यान दिनुपर्यो । स्वस्थ नागरिकले नै हरेक काम गर्न सक्छ । दाँत माझ्ने कुला गर्ने जस्ता कुराहरुमा पनि सचेत रहनुपर्छ ।कतिपय मानिसका असाबधानीका कारणले रोग लागेता पनि समयमै चिकित्सकको सल्लाह बमोजिम पराभर्श लिएर उपचार गर्नु नै प्रमुख कारण हो

१०) अर्घाखाँची जिल्ला लगायत देशैभरि अदक्ष जनशक्ति वा अनाधिकृत व्यक्तिले दातको उपचार गर्ने गर्ने पाईन्छ दातको उपचार जस्ले पनि गर्दा हुन्छ ?
समय परिबेशका कारणले गर्दा कतिपय स्थानमा जनचेतनाका कारणले दात सम्वन्धी उपचार गर्ने सस्था खोलेतापनि आधुनिक समाजमा आएको परिबर्तनले गर्दा मानिस तत्कालिन रुपमा भन्दा दीर्धकालिन समस्याको समाधानमा तत्प्रेरित हुन चाहान्छ त्यसकाराण गर्दा दक्ष चिकित्सकको पशमर्शमा चेकजाँच गराउनु अहिलेको आबश्यकता हो ।

११)अन्त्यमा के भन्न चाहान्नुहुन्छ ?
सर्बप्रथम तपाईको मिडियामार्फत हाम्रो कुरा राख्ने अबसर प्रदान गर्नुभएकोमा धन्यबाद आगामी दिनमा पनि यस्ता कुरालाई विशेष ध्यान दिई नागरिकलाई सुसुचित जनचेतना जगाउने कुरामा पहलकदमी लिनुहुनेछ भन्ने विश्वास लिएको छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै