
- आज हिमाली केही ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
- पहाडी क्षेत्रमा आंशिक बदली रही तराई क्षेत्रको मौसम मुख्यतया सफा रहनेछ ।
- बिहानपख हुस्सु र कुहिरो लाग्नुका साथै काठमाण्डौसहित देशभर चिसो बढेको छ ।
काठमाण्डौ – आज हिमाली केही ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान छ ।
यस्तै, बिहानपख तराई क्षेत्र, काठमाण्डौ उपत्यका तथा खोँचहरूमा हुस्सु र कुहिरो लागेको छ । राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली केही ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।
काठमाण्डौ सहित देशभर चिसो बढेको छ ।


























