२५ माघ २०८१, शुक्रबार
२५ माघ २०८१, शुक्रबार

अर्घाखाँचीमा पहिरोले पुरिएर तीन बालबालिकाको मृत्यु

Workplace

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोले घर पुरिंदा तीन बालबालिकाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

पाणिनी गाउँपालिका १ गोवनपानी गाउँमा गंगा रास्कोटीको घर पहिरोले पुरिंदा तीन बालबालिकाको ज्यान गएको वडाअध्यक्ष कमल प्रसाद पोख्रेलले जानकारी दिए । उनका अनुसार घटनामा १० वर्षिय धनबहादुर रास्कोटी, १२ वर्षिय खुमबहादुर रास्कोटी र ११ वर्षिय मञ्जु रास्कोटीको मृत्यु भएको छ ।

घटनामा १४ वर्षिय सचिन रास्कोटी घाईते भएका छन् । उनलाई उपचारका लागी पाल्पा पठाईएको छ । अहिले घटनास्थलमा प्रहरीले उद्दार गरिरहेको छ । तिन वटा शव निकालिएको प्रहरीले जनाएको छ । मंगलवार बिहान पाँच बजेको समयमा घरमाथीबाट पहिरोको ढिस्को झरेर घर पुरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (13%)
  • दुःखी (63%)
  • अचम्मित (13%)
  • हाँस्यास्पद (13%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै