हृदय भुसाल अर्घाखाँची । १२ बुदे घोषणापत्र जारी गर्दे भौगोलिक हिसावले देशको सवैभन्दा ठुलो नगरपालिका सितगंगा नगरपालिकाको आयोजनामा प्रथम न्यायीक सम्मेलन सम्पन्न सम्पन्न भएको छ ।
न्यायीक सम्मेलनको उद्घाटन गर्दे सस्कृती,पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री शुशिला श्रीपालीले लामो समयको सर्घष पछि राजनैतिक ब्यवस्थामा आएका परिवर्तनले स्थानिय तह सम्म धेरै अधिकारहरु प्राप्त भएको भन्दै प्राप्त उपलब्धीको रक्षा र सही प्रयोग गरि बाकी रहेका केही कानुनी जटिलताहरुलाई समेत हटाई जनतालाई सरल र सहज न्याए दिनका लागी आफुहरु लाग्ने बताईन् ।
कार्यक्रमका प्रमुख अथिती मन्त्री ठकुरीले सम्मेलन मार्फत स्थानिय तहको न्यायिक समितीका काम थप प्रभावकारी हुने भन्दै सर्वसाधरणको न्याएमा सहज पहुँच कायम गरि जनउतरदायी न्याए सम्पादन गर्नुपर्ने बताईन् ।
प्रतिनिधी सभा सदस्य बिजुला रायमाझीले संविधानले स्थानिय जनप्रतिनिधीलाई न्यायिक क्षेत्रमा समेत अधिकार प्रदान गरेकोले जनताका जनप्रतिनिधीले बिभिन्न खालका स्थानिय समस्यालाई सामाधानमा महत्वपुर्ण भुमिका हुने बताईन् । रायमाझीले भनिन,‘सुझबुझका साथ न्याए सम्पादन गर्नुपर्ने हुन्छ,जनतालाई अनुभुति हुने गरि हामी जनप्रतिनिधीले काम गरौ,राम्रो काममा सवैको एकता जरुरी छ’।
लुम्बिनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले संबिधानले नेपाली जनता नयाँ संबिधानले दिएको सार्वभौम अधिकार र सुशासनको अधिकारलाई आत्मसाथ गर्दे आर्थिक समानता,समृद्धि र सामाजिक न्याएलाई सुनिश्चित गर्न सवैको साझा पहलकदमी आवश्यक रहेको बताए ।
कार्यक्रममा जिल्ला समन्वय प्रमुख जिवनारायण कोईराला,सितगंगा नगरपालिका प्रमुख छबिलाल पौडेल,प्रमुख जिल्ला अधिकारी कमलराज पौडेल,पुर्व सितगंगा नगर प्रमुख सुर्य प्रसाद अधिकारी लगायतले सम्मेलनमा शुभकामना मनतब्य ब्यतm गरेको थिए ।
सम्मेलनमा न्यायिक समितीको काम कर्तब्य र अधिकारको बिषयमा उच्च अदालतका न्यायाधिष चन्द« बहादुर सारुले सहजीकारण गर्नु भएको थियो ।
त्यस्तै मेलमिलापमा प्रसंसनिय दृष्टिकोणका बिषयमा बिशेष अदालत काठमाण्डौका रजिष्टार अशोक कुमार क्षेत्री,न्यायिक समितीको कार्यबिधीबारे जिल्ला अदालतका श्रेस्तेदार महेश खनाल,कार्यक्रमको उदेश्य तथा न्यायिक समितीको गतिबिधीको बारेमा सितगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत झबिन्द« खनालले सहजीकरण गरेको आयोजकले जानकारी दिएको छ ।
प्रथम अर्घाखाँची न्यायिक सम्मेलनल गिता भाटको संयोजकत्वमा जिल्लाका ६ वटा पालिका उपप्रमुख रहने गरि १३ सदस्य जिल्ला स्तरिय न्यायिक समन्वय संजालको समेत निर्माण गरेको छ ।
सितगंगा नगरपालिका नगर उपप्रमुख तथा कार्यक्रमका अध्यक्ष गिता भाटले संबिधानतःगठित न्यायिक समितीको भुमिकालाई थप प्रभावकारी बनाई सर्वसाधरणको सहज पहुँच कायम गरि जनउतरदायी न्याय ब्यवस्था कायम गर्न सम्मेलनले महत्वपुर्ण भुमिका खेल्ने भन्दै सम्मेलनले १२ बुदेँ घोषणा पत्रसमेत जारी गरेको बताईन् ।
घोषणापत्रमा मेलमिलाप केन्द«हरुलाई सक्रिय बनाई वडास्तरमै बिवाद सामाधानमा जोड दिने,स्थानिय कानुन मार्फत स्वच्छता,निष्पक्षता,निश्चितता,समानता,समन्वय सहितको अनुमानयोग्य न्यायिक पद्धती तर्जुमा जोड गर्ने,न्यायिक समिती बाट भएका मिलापत्र वा निर्णय कार्यान्वयलाई बिशेष प्राथमिकता दिने जस्ता बिषयहरु घोषणा पत्रमा उल्लेख गरेको जिल्लास्तरिय न्यायिक समन्वय संजालका संयोजक गिता भाटले बताईन् ।
सम्मेलनमा संघ,प्रदेश,स्थानिय तहका जनप्रतिनिधी,जिल्ला स्थीत कार्यालय प्रमुख पुर्व जनप्रतिनिधी,पत्रकारहरुको उल्लेख्य उपस्थिती रहेको थियो । कार्यक्रममा पुर्व जनप्रतिनिधी र सहजकर्तालाई सम्मान पत्र तथा अतिथीहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।
कार्यक्रम गिता भाटको अध्यक्षता,केशब वेल्वासेको स्वागत नुमलाल खनालको संचालनमा सम्पन्न भएको थियो ।