नवीन रसाइली, काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनको अध्यक्षमा विश्वमणि सुवेदी चयन भएका छन् ।शनिवार राती सम्पन्न निर्वाचनमा सुवेदी अध्यक्षमा निर्वाचित भएका हुन । उनी १४७ मत सहित निर्वाचित भएका हुन ।
उपाध्यक्षमा तीर्थ सिग्देल, सुभाष साह, महासचिवमा रामकुमार एलन, उपमहासचिवमा लेखनाथ सिकारु, प्रतिज्ञा बुढा मगर, सचिवमा कान्ति न्यौपाने, कोषाध्यक्षमा कृपा भण्डारीलगायत निर्वाचित भएका छन् ।