९ माघ २०८१, बुधबार
९ माघ २०८१, बुधबार

समाजवादी प्रेस संगठन अर्घाखाँचीको प्रथम बैठक सम्पन्न

Workplace

अर्घाखाँची । समाजवादी प्रेस संगठन नेपाल अर्घाखाँचीको प्रथम जिल्ला समिति बैठक सम्पन्न भएको छ । आइतबार सन्धिखर्कमा भएको जिल्ला समिति बैठकमा उपस्थित सदस्यहरुले संगठनको गतिविधिको बारेमा रिपोर्टिङ सँगै आगामी दिनमा सिर्जनात्मक काम गर्दै सशक्त रुपमा अघि बढ्ने निर्णय गरिएको समाजवादी प्रेस संगठन अर्घाखाँचीले जनाएको छ ।

बैठकले आगामी जेठ २६ र २७ गते काठमाडौंमा हुन लागेको केन्द्रीय महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनोट समेत गरेको छ । जिल्लाको प्रतिनिधित्व गर्दै अर्घाखाँचीबाट ५ जना प्रतिनिधिको सहभागीता रहने संगठनले जनाएको छ ।

यस्तै अर्घाखाँचीमा समाजवादी प्रेस संगठन क्रियाशील रहेको संगठनका लुम्बिनी प्रदेश अध्यक्ष तथा बैठकका प्रमुख अतिथि हृदय भुसालले बताए । भुसालले संगठनले अहिले प्रदेशका १२ वटै जिल्लामा प्रथम जिल्ला अधिवेशन सम्पन्न गरेको बताए ।

बैठकमा समाजवादी प्रेस संगठनका प्रदेश सदस्य तथा जिल्ला इन्चार्ज अशोक चौहानले समाजवादी प्रेस संगठन आवाज बिहीनको आवाज बन्ने बताए ।

बैठक समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष सागर परियारको अध्यक्षता र सचिव नवीन विकको संचालनमा सम्पन्न भएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै