१८ असोज २०८१, शुक्रबार
१८ असोज २०८१, शुक्रबार

समाजवादी प्रेस संगठन पुर्वी रुकुमको प्रथम अधिवेशन सम्पन्न

Workplace

बुटवल । समाजबादी प्रेस संगठन पुर्बी रुकुमको पहिलो अधिबेशन रुकुमको रुकुमकोटमा सम्पन्न भएको छ । अधिबेशनले हिरा बुढामगरको अध्यक्षतामा १५ सदस्य नयाँ कार्यसमिती चयन भएको संगठनका केन्द्रिय सदस्य अमरराज पुनले जानकारी दिनु भएको छ ।

पहिलो अधिबेशनको उदघाट्न गर्दै कार्यक्रमका प्रमुख अतिथि एबम समाजबादी प्रेस संगठनका केन्द्रिय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष हृदय भुसालले राजनीति परिबर्तन सगै मुलुकका सबै प्रकारका सामाजिक तथा रुपान्तरणको अभियानमा मिडिया र पत्रकारहरुको भुमिकाका महत्त्वपूर्ण भ रहेको बताउनु भयो ।

अध्यक्ष भुसालले संगठनले पत्रकार हरुको पेसागत सुरक्षा,साथै श्रमजिबि पत्रकारहरुको सबालमा विभिन्न एजेन्डा अगाडी बढाएको भन्दै अबको पत्रकारिताको मिसन बिकास,समृद्धि र सुशासनका लागी खोजमुलक पत्रकारिता हुनु पर्ने पर्ने बताउनु भयो ।

पत्रकार भुसालले नयाँ योजना र दृस्टिकोणका साथ संगठनलाई अगाडी बढाएको बताउनु भयो । अधिबेशनमा नेकपा (एस) का केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष भ्युमान घर्ती, पार्टी केन्द्रिय लेखा आयोग सदस्य तथा पुर्बी रुकुम जिल्ला समन्वय उपप्रमुख मोहन केसी,पार्टी जिल्ला कमिटी सचिब भुवनेस्वर उपाध्यय,लुम्बिनी प्रदेश उपाध्यक्ष प्रतीज्ञा मगर लगायतका पार्टी तथा संगठनका नेताहरूले सुभकामना व्यक्त गर्नु भएको थियो ।

अधिबेशनमा हिमाल घर्ती रमित घर्ती लजिम ओलि लगायतको आथित्यता रहेको कार्यक्रम प्रेमा घर्तीको अध्यक्षता, अमरराज पुनको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै