१७ बैशाख २०८२, बुधबार
१७ बैशाख २०८२, बुधबार

प्रधानमन्त्रीको भारत भ्रमण निजि क्षेत्र उत्साहित हुने योजना ल्याउनु पर्छ: जमशेर मियाँ

उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य बरिस्ठ ब्यबसायि जमशेर मियाँले राजनितिक स्थिरता नहुँदा निजी क्षेत्र निरुत्साहित भएको भन्दै प्रधानमन्त्री को भारत भ्रमण का बेला निजि क्षेत्र उत्साहित हुने खालका योजनाहरुमा दुई देश बिच सम्झौता हुनु पर्ने बताउनु भएको छ ।

केन्द्रीय सदस्य मियाले स्थिर सरकार नहुदा विगत दुई दशकलाई फर्केर हेर्दा देशमा राजनिती स्थिरता कायम हुन नसक्दा निजी क्षेत्रले फड्को मार्न नसकेको बताउदै निजि क्षेत्र सग सहकार्य गरि सरकार अगाडि बढनुपर्ने बताउदै सरकारले ल्याएको बजेट सकरात्म तर निजि क्षेत्र धेरै उत्साहित हुने खालको नभएको बताउदै बजेट ले उधोगि ब्यबसायिहरु धेरै उत्साहित पार्न नसकेको टिप्पणी गर्नु भयो । सरकारले अार्थिक बर्ष २०८०/८१ को बजेट सार्वजनिक गरेपछि सन्चारक्रमिहरु सग कुरा गर्दै बरिस्ठ ब्यबसायि मियाले बजेट कार्यनयन गर्न बिगत देखि नै चुनौतीपूर्ण रहेको बताउदै निजि क्षेत्र सग सहकार्य गरेर अगाडि बढेमात्र यसले सफलता प्राप्त गर्ने बताउनु भयो ।

केन्द्रीय सदस्य मियाले बिगतमा सम्पन्न भएका निर्वाचन बाट प्राप्त जनमतले झनै बढी मुलुकमा अस्थिरता निम्त्याउने देखिएकाले पटक–पटक सरकार हेरफेर हुँदा निजी क्षेत्रमा प्रत्यक्ष असर पुगेको बेलामा प्रधानमन्त्री को भारत भ्रमण ले दुई देस बिच ब्यबसायिक सम्झौता भएमा मात्रै निजि क्षेत्र उत्साहित हुने उहाको भनाइ छ ।

मियाले राजनिती खिचातानी र आरोप प्रत्यारोपले मात्र मुलुकको विकास नहुने भन्दै राजनिती नेतृत्वले गम्भिर भएर सोंच्नुपर्ने बेला आएको बताउदै ०७२ सालको भुकम्पले खस्किएको अर्थतन्त्र कोरोनाले थिंचोमिचो बनाएको अर्थतन्त्र अहिले पनि ट्याकमा अाउन नसकेको बताउनु भयो । प्रधानमन्त्री को भारत भ्रमणमा निजि क्षेत्र को नेतृत्व गर्दै बरिस्ठ उधोगपति केन्द्रीय सदस्य जम्सेर मिया भारत भ्रमणमा जादै छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै