४ जेठ २०८०, अर्घाखाँची । संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री माननीय शुसिला सिर्पाली ठकुरी ले अर्घाखाँची जिल्ला प्रहरी प्रमुख मुकुन्द प्रसाद रिजाललाई जस्ताे सुकै दबाब आए पनि आगजनी गर्ने व्यक्तिहरूकाे पहिचान गरि कानुनी कार्वाही अगाडि बढाउन निर्देशन दिनु भएकाे छ ।
बुधवार जिल्ला बिपद व्यवस्थापन समिति अर्घाखाँचीकाे टिम र माननीय राज्यमन्त्री सिर्पाली विच जिल्लाकाे बिपद व्यवस्थापन काे बारेमा अन्तरक्रिया कार्यक्रममा राज्यमन्त्री सिर्पालीले अर्घाखाँची जिल्लामा आगलागीका घट्नाहरु दिनप्रतिदिन बढिरहेकाे र केही दिन पहिला भुमिकास्थान नगरपालिका वडा नं २ मा आगलागीबाट ४ जनाकाे ज्यान जाने गरि दु:खद घट्ना घटेकाे र अन्य दिनहरुमा पनि यस्ता घट्नाहरु घट्ने सम्भावना रहेकाे हुदा आगजनी गर्नेहरुकाे पहिचान गरि कानुनी कार्वाही अगाडि बढाउने यदि कुनै किसिमको दबाव आएमा आफुले समाधान गर्ने निर्देशन दिनु भएकाे थियाे ।
त्यसैगरि जिल्लामा आगलागी बाट गम्भीर घाईते हुदा बिपद व्यवस्थापन समितिले हेलिकप्टरकाे लागि आफुलाई जानकारी नगराएकाे र आगामी दिनहरुमा यस्ता घट्नाहरु भएमा तत्काल मलाई फाेन गर्नु र हेलिकप्टरकाे व्यवस्था मिलाउने समेत बताउनु भएकाे । त्यस्तै जिल्लामा बिपद सम्बन्धि सुरक्षा सामाग्रीहरुकाे अभाव भएकाे कुरा प्रहरी प्रमुख मुकुन्द प्रसाद रिजालले जानकारी गराएकाे कुरा मध्यनजर गर्दै ती सामाग्री र सानाे तथा कम लागतमा खरिद गर्न सकिने बारुण यन्त्र काे लागि आफुले केन्द्र तथा प्रदेश सरकार मार्फत पहल गर्ने बताउनु भएकाे थियाे ।
कार्यक्रममा सुरक्षा निकायको तर्फबाट प्रहरी प्रमुख मुकुन्द प्रसाद रिजाल, डिभिजन वन कार्यालयका सहायक वन अधिकृत मदन ढुंगाना र स्वस्थ्य कार्यालय प्रमुख डाक्टर जगन्नाथ तिवारी लगायतले बिपद सम्बन्धि जिल्लामा हालकाे अवस्था र आगामी दिनहरुमा सुधार गर्नुपर्ने कुराहरुकाे बारेमा ब्रिफिङ गर्नु भएकाे थियाे ।
कार्यक्रम माननीय राज्यमन्त्री शुसिला सिर्पाली ठकुरी काे प्रमुख आतिथ्यता एवं सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्य,सेनानी बासुदेव पंगेनि,प्रहरी नायब उपरीक्षक मुकुन्द प्रसाद रिजाल, सशस्त्र प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठ , अनुसन्धान अधिकृत खुमानन्द पाेखरेल, जिल्ला अस्पताल अर्घाखाँचीका मे.सु डाक्टर जगन्नाथ तिवारी, जनस्वास्थ्य अधिकृत पुस्पा थापा , डिभिजन बन अधिकृत मदन ढुंगाना काे विशेष उपस्थितिमा प्रमुख जिल्ला अधिकारी मिना अर्यालकाे अध्यक्षता र प्रशासकीय अधिकृत नुमलाल पन्थीकाे संचालनमा सम्पन्न भएकाे थियाे ।