रामपुरका ३ सय ५४ अव्यवस्थित घडेरीकोे जग्गा धनि पुर्जा वितरण

रमा भण्डारी, रामपुर पाल्पा । ५० वर्ष अघि देखिको अव्यवस्थित बसोबासीको समस्या रहेको रामपुरमा दोस्रो चरणमा बुधबार राष्ट्रिय भूमि आयोग पाल्पाले रामपुर नगरपालिका भित्रका थप ३ सय ५४ अव्यवस्थित जग्गाधनीलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गरेको छ ।

आयोगले पहिलो चरणमा गत पुस ८ गते २ सय ६२ जना जग्गा धनीलाई पूर्जा वितरण गरेको थियो । कार्यक्रममा मुख्य पाहुना राष्ट्रिय भूमि आयोगका केन्द्रिय उपाध्यक्ष एवं प्रवक्ता नहेन्द्र खड्काले अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनी प्रमाण पूर्जा वितरण गर्दै अबको २ वर्ष भित्र नेपाललाई भूमिहिनता र सुकुम्बासी मुक्त बनाउने गरी आयोगले आफ्ना गतिविधि सञ्चालन गर्दै आएको बताउनुभयो । आउने २ वर्ष भित्र सधैंका लागि भूमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको भूमि सम्बन्धी समस्यालाई अन्त्य गर्न, नेपाललाई भूमिहिनता र सुकुम्बासी मुक्त देश बनाउन लागि रहेको बताउनु भएको छ ।

उहाँले “देशमा ५० लाख भन्दा धेरै नागरिक भूमि हिनताको अवस्थामा रहेका छन् । अहिले देशैभर बाट साढे १३ लाख भन्दा बढी जनताले राष्ट्रिय भूमि आयोग समक्ष निवेदन पेश गरेका छन् । २५ सय लालपूर्जा वितरण भैरहेको छ ।” रामपुर नगरका भुमिहिन दलित ५७, भुमिहिन सुकुम्बासी ६१ ज्ना र अव्यवस्थित बसोबासी ४ सय २७ जनाको इन्ट्री भएको बताउनृु भएको छ ।

राष्ट्रिय भूमि आयोग जिल्ला समिति पाल्पाका अध्यक्ष मोहन लाल गैरेले पहिलो र दोस्रो चरणमा गरी हाल सम्म रामपुरमा ६ सय १६ वटा लालपूर्जा वितरण भएको बताउनुभयो । रामपुरको अव्यवस्थित बसोबासीको समस्या धेरै पहिले देखिको भएकाले प्राथमिकताका साथ अघि बढाएको जानकारी दिनुभयो । उहाँका अनुसार ६ सय १६ अव्यवस्थि जग्गाधनी पूर्जा वितरण बाट १० करोड २४ लाख ९ हजार ६ सय ३७ राजस्व संकलन भएको बताउनु भयो ।२०५५ साल सम्ममा विक्री वितरण भएका रामपुर नगरपालिका ५, ६ र ७ का ७ सय ८३ वटा घडेरी मध्ये पहिलो र दोस्रो चरणमा गरी पूर्जा वितरण गरेको हो ।

राष्ट्रिय भूमि आयोग जिल्ला समिति पाल्पाका विज्ञ सदस्य कृष्ण प्रसाद अधिकारीले सबैको साथ र सहयोगले हाल सम्मको उपलब्धी प्राप्त भएको बताउनुभयो । रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले नगरपालिका आयोगलाई साथमा लिएर अघि बढेको बताउनु हुदै प्राप्त जग्गाको श्रेस्ता कायम छिटो गर्न अनुरोध गुर्नृ भयो ।
रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपानेको स्वागत र योजना शाखा प्रमुख विक्रम बस्नेतको सञ्चालनमा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

फ्रान्सले अर्को महिनादेखि विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लगाउने

अर्घाखाँची डिर्भनामा स्वास्थ्य सेवा घरदैलोमै, ५०० जनाले लिए निःशुल्क उपचार

एआईको प्रयोग गरेर विमानको उडानलाई सहज बनाउने वैज्ञानिकहरुको प्रयास

सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित

हेटौँडा कपडा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने

- Advertisement -spot_img
-Advertisement-spot_img