नेपाल रेडक्रस सोसाइटी अर्घाखाँचीमा भएको कर्मचारी नियुक्तिको परिक्षामा अनियमितता

अर्घाखाँची । नेपाल रेडक्रस सोसाईटी अर्घाखाँचीले कर्मचारी नियुक्तीको परिक्षामा अनियमितता गरेको पाइएको छ । नेपाल रेडक्रस सोसाईटी लुम्बिनी प्रदेश शाखाले मालारानी गाउँपालिकाको लागि २ जना कर्मचारीको लागि आवेदन खुल्याइएकोमा मंगलबार परिक्षा गराउने क्रममा परिक्षामा धादली भएको हो । नेपाल रेडक्रस लुम्बिनी प्रदेश शाखाले गत बैशाख ३ गते आइतबारको गौतमबुद्ध सन्देश दैनिकमा कर्मचारी आवश्यकता सम्बन्धी सुचना निकाल्यो । शाखाले निकालेको सुचनामा मालारानी गाउँपालिका वडा नं. ६, ८ र ९ हेर्नेगरी २ जना कर्मचारीका लागि विज्ञापन खुलेको थियो । जस अनुसार आवेदन दिएका मध्ये ६ जना लिखित परिक्षामा सहभागी हुने भए । ६ जनाको लिखित परिक्षाको लागि जेठ २ गते मंगलबार बिहान ८ बजेदेखि सुरु हुनेगरी समय तोकीएको थियो ।

परिक्षा दिन ६ जना प्रशिक्षाथी रेडक्रस सोसाईटी अर्घाखाँचीको कार्यालयमा संस्थाले तोकेकै समय उपस्थित भएको परिक्षामा सहभागी एक प्रशिक्षार्थीले बताए । उनका अनुसार बिहान तोकेकै समयमा परिक्षा सुरु भयो । परिक्षामा सहभागी ६ जना प्रशिक्षाथी मध्ये एक जना कमला वि.कलाई छुट्टै कोठामा राखी परिक्षा गराउनुका साथै सहयोगी सामाग्री समेत उपलब्ध गराइएको उनले बताए । “हामी ५ जनालाई फरक कोठामा र उहाँ एक जनालाई एक्लै कोठामा राखेर परिक्षा गराइएको थियो । उहाँलाई परिक्षामा आवश्यक सामाग्री समेत दिएको देखियो ।”उनले भने । “हामीलाई जम्मा १ः३० मिनेट समय तोकीएकोमा उहाँलाई २÷३ घण्टा सम्म समय दिएको थियो । हामीले त्यो दृश्य देखेपछि विरोध ग¥यौं । परिक्षा रद्ध गर्न दबाब दियौं तर त्यहाँका प्रशिक्षकहरुले हाम्रो संस्थाको नियम अनुसार परिक्षा रद्ध गर्न मिल्दैन भन्दै माफि माग्दै पुःन परिक्षा गरौं परिक्षामा सहभागी हुने मन छैन भने जानुुस् भन्दै हप्काउनुभयो ।”

परिक्षामा सहभागीहरुले पुःन परिक्षा हुने भएपछि फेरी परिक्षा दिए । परिक्षामा कमला वि.कलाई पहिला नै उत्तर पुस्तिका तयार पारेर परिक्षा गरेको नाटक गरिएको अर्का प्रशिक्षार्थीले बताए । उनले भने “कमला वि.कको पहिला नै परिक्षा गरिएको आशंका लागेको छ ।”

उनिहरुले भने झै परिक्षाको नतिजा बुधबार आयो । नजितामा कमला वि.कको नाम पहिलो नम्बर मै आएपछि झन आशंकाको विषय बनेको छ । नतिजा प्रकाशन भएपछि परिक्षामा सहभागी अन्य चारजना पर्शिक्षार्थीले जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा परिक्षामा अनियमितता भएको भन्दै निवेदन दिएका छन् ।

रेडक्रस जस्तो पवित्र सामाजिक संस्थामा यस्तो अनियमितता र मनोमानी गर्दा सिंगो संस्था कै बदनाम भएको छ । आफु अनुकल वा आफ्ना आसेपासेलाई अवसर दिने यस्ता पवृतिले गर्दा आम सर्वसाधरणले रोजगारमा पहुँच बढाउन सकेका छ्रैनन् । वास्तवमा यी गैरसरकारी संस्थाले नागरिकको हितमा काम गर्ने उद्देश्य राखेपनि त्यो उद्देश्यमै मात्र सिमित भएको हो कि भन्ने बेलाबेलामा प्रश्न आइरहेका हुन्छन् । यी र यस्ता पवृतिको अन्य गर्न नसक्दा समाज रुपान्तरण भएको छैन् । यस्ता पवृतिको अन्त्य गर्न राज्यले पहल कदमी गरी रोजगारका क्षेत्रदेखि विभिन्न क्षेत्रमा आम सर्वसाधरणको पहुँच बढाउन जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

२०औँ एशियाली खेलकुद औपचारिक उद्घाटन

नेपाली कांग्रेस भूमिकास्थान–१० धन्चौरको १५औँ वडा अधिवेशन सम्पन्न

कांग्रेसको महाधिवेशनअन्तर्गत आजदेखि वडा अधिवेशन शुरु

माग र आवश्यकताको आधारमा संगठन तथा व्यवस्थापन सर्वेक्षण हुन्छ : नगर प्रमुख श्रेष्ठ

अब सरकारी निर्णयमा डिजिटल प्रणाली अनिवार्य

- Advertisement -spot_img
-Advertisement-spot_img