८ माघ २०८१, मङ्लबार
८ माघ २०८१, मङ्लबार

समाजवादी प्रेस संगठन रुपन्देहीको अध्यक्षमा विनोद परियार

Workplace

नवीन रसाइली रुपन्देही । समाजवादी प्रेस संगठन नेपाल रुपन्देहीको अध्यक्षमा विनोद परियार चयन भएका छन् । सनिवार रुपन्देहीमा भएको प्रथम जिल्ला अधिवेशनबाट परियार अध्यक्षमा चयन भएका हुन ।

यस्तै समाजवादी प्रेस संगठनका रुपन्देहीको उपाध्यक्षमा उषाकिरण पन्थ, पुनहरि बेलबासे, सचिवमा प्रतीक पौडेल, सहसचिवमा अस्मिता अधिकारी, कोषाध्यक्षमा शिशिर पाण्डे, सदस्यहरुमा माधवेन्द्र यादव, बसन्त चन्द, गणेश नेपाली, जगन्नाथ सहनी, धनु गुरुङ, प्रशंसा भण्डारी लगायत चयन भएका हुन ।

कार्यक्रममा समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष विश्वमणी सुवेदी, लुम्बिनी विकासका कोषाध्यक्ष सिद्विचरण भट्टराई, समाजवादी प्रेस संगठन लुम्बिनी प्रदेश अध्यक्ष हृदय भुसाल, समाजवादी प्रेस संगठन लुम्बिनी प्रदेश सचिव तथा कपिलवस्तु अध्यक्ष दिपक अनुरागी लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै