२१ असोज २०८१, सोमवार
२१ असोज २०८१, सोमवार

समाजवादी प्रेस संगठन नेपाल अर्घाखाँचीको प्रथम अधिवेशन सम्पन्न

Workplace

अर्घाखाँची । समाजवादी प्रेस संगठन नेपाल जिल्ला शाखा अर्घाखाँचीको प्रथम अधिवेशन सम्पन्न भएको छ । सोमबार सन्धिखर्कमा सम्पन्न अधिवेशनले सागर परियारको अध्यक्षतामा २१ जना जिल्ला कार्य समिति गठन गरेको छ । जसको उपाध्यक्षमा विक्रम आचार्य, महिला उपाध्यक्षमा सरु सुनार, सचिवमा नविन रसाईली, सहसचिवमा पुजा कुँवर, कोषध्यक्षमा भावना घिमिरे भुुसाल रहेका छन् ।

अधिवेशनको उद्घाटन शत्रमा मन्तव्य राख्दै नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य तथा पुर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालका स्वकीय सचिव मोहन गौतमले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पक्षमा सम्पुर्ण पत्रकार ढृणपुर्वक लाग्नुपर्ने बताए । उनले पत्रकार सधै सुशासन, प्रेस स्वतन्त्रता र आवाज विहिनको आवाज बन्न सक्नुपर्ने बताए ।

कार्यक्रममा मन्तव्य राख्दै अतिथि

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष राम बहादुर चौहान, उपाध्यक्ष सिद्धि प्रसाद भुसाल, समाजवादी प्रेस संगठनका लुम्बिनी प्रदेश अध्यक्ष हृदय भुसाल, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनाल, पत्रकार महासंघका लुम्बिनी प्रदेश सदस्य प्रेम नारायण आचार्य, नेपाल प्रेस युनियनका जिल्ला सभापति विरेन्द्र के.सी, प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष बसन्त श्रेष्ठ, प्रेस सेन्टरका जिल्ला अध्यक्ष ऋिषि भुसाल, प्रगतिशिल पत्रकार संघका केन्द्रिय सचिव गोपाल प्रसाद भट्टराई, जनपत्रकार महासंघका प्रदेश सचिव अनिल नेपाली लगायतले शुभकामना मन्तव्य राखेका थिए । यस्तै कार्यक्रममा विभिन्न मिडियामा आवद्ध पत्रकारको अतिथ्यता रहेको थियो । कार्यक्रममा प्रेस लुम्बिनी डटकमको भित्तेपात्रो बिमोचन समेत गरिएको थियो ।

प्रमाण पत्र ग्रहण गर्दै नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरु

कार्यक्रम समाजवादी प्रेस संगठन नेपालका जिल्ला ईन्चार्ज अशोक चौहानको अध्यक्षता, उपाध्यक्ष विक्रम आचार्यको स्वागत मन्तव्य र सचिव नविन रसाईलीको संचालमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (71%)
  • दुःखी (14%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (14%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै