२७ असार २०८२, शुक्रबार
२७ असार २०८२, शुक्रबार

अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा कृषि उपजको निशुल्क बजारीकरण कार्यसुरू

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले पैचो पसलसँगको सहकार्यमा कृषकहरुले उत्पादन गरेका कृषि उपजहरुको निशुल्क बजारीकरण कार्यसुरु गरेको छ ।

.छत्रदेव गाउँपालिका भित्रका कृषकहरूले उत्पादन गरेको कृषि उपज सामाग्रीलाई सहज रूपमा बजारको पहुँचमा पु¥याउने उद्धेश्यका साथ छत्रदेव गाउँपालिका भित्रका हरेक टोल र बस्ति स्तर सम्म निः शुल्क ढुवानी व्यवस्थापन गर्दै गुल्मीको रिडीमा रहेको पैंचो पसलसँगको सहकार्यमा बजार सुनिश्चितता गर्ने कार्यको छत्रदेव गाउँपालिका वडा नं. ३ बाटसुरुवात गरेको गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले बताए ।

किसानको खेतबारिमा उत्पादित वस्तुले बजार नपाउँदा वर्षेनी ठूलो परिमाणको कृषि सामाग्री नष्ट गनुपर्ने कारणले किसानहरू पनि कृषिपेशाबाट पलायन हुने अवस्था रोक्न गाउँपालिकाले निशुल्क ढुवानी गरिदिने व्यवस्था मिलाएको उपाध्यक्ष मणि पन्थीको भनाईछ ।

किसानले उत्पादन गरेको कृषि उपज बजार नपाएर खेर जाने चिन्ताको अब अन्त्य भएसगैँ कृषि क्षेत्रमा काम गर्न चाहने कृषकहरूलाई ठूलै राहत हुने अपेक्षा रहेको प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्थले बताए ।

व्यवसायीकृर्षकहरुलाई प्रतिस्पर्धी बजारको सामना गर्न ठूलो परिमाणमा उत्पादन बृद्धि गर्नसकेमा छत्रदेब बासीका नागरिकहरूको आर्थिकरुपमा समेत सुधारभई स्वरोजगारी सिर्जना तथा आय आर्जन वृद्धि गर्नमा समेत महत्वपुर्ण भुमिका खेल्ने वार्ड नंं ६ का वडा अध्यक्ष कमल पौडेलको भनाइ छ ।

यसै बिचमा कृषि सामाग्रि ढुवानीलाई थप व्यवस्थित बनाउन यस गाउँपालिका अन्तर्गत ८ ओटै वडाका २१ ठाउँमा कृषि सामाग्रीसंकलन केन्द्र खोल्ने निर्णयले छत्रदेबका सबै कृर्षकलाई ठुलो राहत भएको वडा सदस्य एवं कृर्षक धर्मराज पाण्डेले बताउनु भयो । पैचो पसल प्रां लिका प्रबन्ध निर्देशक धुर्ब न्योपाने र महाप्रबन्धक प्रभाकर भण्डारीले फरक(फरक दिन समय तालिका बनाएर कृषि उपजहरु संकलन र बजारीकरण गरिने बताउदै यो कार्यले छत्रदेबका किसानमा थप उर्जा थपेको उनीहरुको भनाइ छ । स्थानीयस्तरमा उत्पादन गरेका नगदेबाली र फलफूल लगायतका कृषिजन्य वस्तुको पनि बजारीकरण गरिदिएकोमा कृर्षकहरु निकै खुशी भएको स्थानिय नारायण पौडेले बताउनुभयो । छत्रदेब गाउँपालिकाको भगवती , ठुलापोखरा , बल्कोटको मथुरा, लगायतका ठाउँमा धेरै मात्रामा तरकारी खेती हुने गरेको वडा अध्यक्ष तेजप्रसाद खनालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै