न्युजिल्यान्डसँगको टी–२० शृङ्खलामा पाकिस्तानको लगातार दोस्रो जित

काठमाण्डाै – न्युजिल्यान्डसँगको टी–२० शृङ्खलामा पाकिस्तानले लगातार दोस्रो जित निकालेको छ । गएराति भएको दोस्रो टी–२० खेलमा पाकिस्तानले न्युजिल्यान्डलाई ३८ रनले हरायो ।

जितसँगै घरेलु टोली पाकिस्तानले पाँच टी–२० शृङ्खलामा २–० को अग्रता बनाएको छ । पहिलो खेलमा पाकिस्तान ८८ रनले विजयी भएको थियो । लाहोरमा जितका लागि १ सय ९३ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५४ रन मात्रै बनायो ।

न्युजिल्यान्डका मार्क च्यापम्यान सर्वाधिक ६५ रनमा अविजित रहे पनि अन्य कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । पाकिस्तानका हरिस रौफले ४ विकेट लिए । शादब खान, इमाद वासिम र जमान खानले समान एक/एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९२ रन बनाएको थियो ।

पाकिस्तानका कप्तान बाबर आजम १ सय १ रनमा अविजित रहे । बाबरको यो टी–२० मा तेस्रो शतक हो । अर्का खेलाडी मोहम्मद रिजवानले ५० रन जोडे । न्युजिल्यान्डका म्याट हेनरीले २ विकेट लिए । नसिम शाह र रचिन रविन्द्रले समान एक विकेट लिए । अब तेस्रो खेल भोलि सोमवार, चौथो खेल बिहीवार र पाँचौँ खेल सोमवार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

पढाइसँगै उत्पादन र आम्दानीको अभ्यासमा अन्नपूर्ण मावि, टमाटर खेतीबाट विद्यालयको आम्दानी बढ्दै

आज काग तिहार मनाइँदै

धन्चौर पाकुमा खुल्ला भलिबल प्रतियोगिता उद्घाटन , उद्घाटन खेलमा आयोजक ‘बी’ र देउराली युवा क्लब विजयी

यसवर्षको तिहार शुरु, आज धनतेरस र यमदीपदान

एनपीएलमा आज लुम्बिनी र जनकपुर तथा विराटनगर र काठमाण्डौ खेल्दै

- Advertisement -spot_img
-Advertisement-spot_img