१ असार २०८१, शुक्रबार
१ असार २०८१, शुक्रबार

संविधान दिवसः मैत्रीपूर्ण भलिबल खेलको उपाधि पत्रकारलाई

Workplace

नवीन रसाइली अर्घाखाँची । संविधान दिवसको पुर्व सन्ध्यामा सन्धिखर्कमा मैत्रीपूर्ण भलिबल प्रतियोगिता भएको छ । जनप्रतिनिधि, राजनैतिक दल, कर्मचारी र पत्रकार बिच प्रतियोगिता भएको हो ।

चार समूह बिच भएको खेलको पहिलो खेलमा पत्रकार र जनप्रतिनिधि खेलेका थिए । खेलको पहिलो खेल मै पत्रकारले जनप्रतिनिधिलाई पराजित गरेर पत्रकारको समूह फाइनल खेलमा प्रवेश गरेका हुन ।

यस्तै दोस्रो खेल कर्मचारी र राजनैतिक दल बिच भएको थियो । यो खेलमा कर्मचारीले राजनैतिक दललाई पराजित गरेर कर्मचारी फाइनलमा प्रवेश गरेका थिए ।

पत्रकार र कर्मचारी बिच भएको फाइनल खेलमा पत्रकारले २-१ को सेटमा कर्मचारीलाई पराजित गरेका हुन । पत्रकारको टिममा गणेश खनाल, स्याम घिमिरे, सागर परियार, बिक्रम नेपाली, विष्णु खनाल, सुरज रायमाझी, लक्ष्मण घिमिरे, केशव पन्थी लगायतले खेलेका थिए ।

२०३८ सालदेखि जिल्लामा भएका मैत्रीपूर्ण भलिबल प्रतियोगितामा कर्मचारीले विजयी हासिल गर्दै आएकामा यश पटक पत्रकार विजयी भएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै