स्वरोजगार बनाउन तालिम: अर्घाखाँचीका स्थानियतहमा निशुल्क ईलेक्ट्रिसियन तालिम हुँदै

लक्ष्मण घिमिरे अर्घाखाँची । रोजगारी सृजना गर्ने उद्देश्य सहित अर्घाखाँचीका स्थानियतहमा निशुल्क ईलेक्ट्रिसियन तालिम सञ्चालन हुँदैछ ।

उद्यमशीलता अभिवृद्धि गर्दै रोजगारी सृजना गर्ने उद्देश्यले तालिम आयोजना गर्न लागिएको हो । बैशाख दोस्रो सातादेखी मल्टी स्किल एण्ड ईनभायरमेन्ट डेभलपमेन्ट प्राली तथा सिटिईभिटी/ईनशियोर परियोजनाको साझेदारीमा ईलेक्ट्रिसियन तालिम सञ्चालन गरिने संस्थाका परियोजना संयोजक केशव पन्थीले जानकारी दिए ।

यस तालिमबाट एक सय भन्दा धेरै युवाहरु लाभान्वित हुने छन् । पहिलो चरणमा सन्धिखर्क नगरपालिका र मालारानी गाउँपालिकामा तालिम आयोजना हुने आयोजकले जनाएको छ । सन्धिखर्कमा ६० जना र मालारानीमा ४० जनालाई ईलेक्ट्रिसियन तालिमको आयोजना गरिएको छ ।

तालिमले युवावर्गलाई आत्मनिर्भर बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने परियोजना संयोजक पन्थीको भनाई छ । ‘हामीले विशेष गरि युवाहरुलाई प्राथमिकतामा राखेका छौं,उनले भने,‘तालिम पछाडी केही गर्छु भन्ने युवाले सम्पर्क गर्नुहोला, तालीम निशुल्क नै हुनेछ ।’

अर्घाखाँची सहित गुल्मीको रेसुङ्गा नगरपालिका, मदाने गाउँपालिका र धुर्कोट गाउँपालिकामा पनि तालिम सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै