९ माघ २०८१, बुधबार
९ माघ २०८१, बुधबार

बजेट बिना स्थानिय तहले ठेक्का निकाल्ने काम तत्काल बन्द गर्नुपर्छः अध्यक्ष भुसाल

Workplace

अर्घाखाँची । नेपाल निर्माण ब्यबसायि संघ अर्घाखाँचीका अध्यक्ष बसन्त भुसालले निर्माण ब्यबसायिहरुले ठेक्काको काम सम्पन्न गरेका योजनाहरुको महिनौसम्म पनि राज्यले भुक्तानी दिन नसक्दा निर्माण ब्यबसायीहरु मर्कामा परेको बताउनुभएको छ । नब निर्वाचित कार्यसमितिको पहिलो बैठकमा भनाइ राख्दै अध्यक्ष भुसालले स्थानीय नगरपालिका गाउपालिकाहरुले बजेट बिना नै टेण्डर गराउने ठेक्का सम्झौता गराउने काम गराउने भुक्तानी दिने बेला बजेटको अभाव देखाउने गरेको कारण निर्माण ब्यबसायीहरु ठूलो मर्कामा पर्ने गरेको बताउदै अब त्यस्ता खालका गतिविधि तत्काल रोक्न र काम सम्पन्न भएका योजना हरुको भुक्तानी छिटोभन्दा छिटो दिनका लागि सरकार सँग माग गर्नुभयो । भुसालले साना निर्माण ब्यबसायीहरुको हक अधिकारका लागि र ब्यबसायीहरुलाई माथि उठाउनका लागि आफुहरु सधैं लागि पर्ने बताउदै उहाले निर्माण ब्यबसायि राज्यका सारथि भएको तर राज्यले फरक देसको नागरिक लाई जस्तो ब्यभार गर्ने गरेको गुनासो गर्नु भयो ।

बैठक अध्यक्ष बसन्त भुसालको अध्यक्षता, महासचिव केशव रिजालको सन्चालन सहअध्यक्ष कबिराम खनालको स्वागत मन्तव्यबाट सुरु भएको बैठकमा सहअध्यक्ष कबिराम खनाल, उपाध्यक्ष खगिश्वर बस्याल, उपाध्यक्ष काजीमान श्रेष्ठ, उपाध्यक्षहरु बिजय केसी, रामसिह खनाल, महासचिव केसब रिजाल, कोषाध्यक्ष कृष्ण प्रसाद बस्याल, सह कोषाध्यक्ष प्रदिप अधिकारी लगायत कार्यसमितिका सदस्यहरुले निर्माण ब्यबसायीहरुले भोग्नु परेका समस्या नया गर्नुपर्ने कार्यदिशाका बारेमा भनाइ राख्नुभएको थियोे । बैठकले विभिन्न महत्त्वपूर्ण निर्णयहरु सार्वजनिक गरेको छ ।

बैठकले नारायण प्रसाद बन्जाडेको सयोजक रहेको ९ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ भने अध्यक्ष सहित पदाधिकारीहरु रहेको सचिबालय समिति गठन गरेको छ भने सुर्य प्रसाद भुसाललाई प्रेस सल्लाहकार तोकेको बैठक पछि महासचिव केसब रिजालले जानकारी दिनुभयो । बैठकले निर्माण ब्यबसायी सघ अर्घाखाँचीको भबनलाई स्तरउन्नति गरि ब्यबस्थित हल निर्माण गर्ने समेत निर्यण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै