२९ पुस २०८१, सोमवार
२९ पुस २०८१, सोमवार

सामुहिक अनुशिक्षणले फेरिएको किशोरकिशोरी जीवन

Workplace

अनिल नेपाली अर्घाखाँची । जहाँ अज्ञान र अशिक्षाले अझै पनि आफ्नो समस्याको बारेमा प्रस्ट भन्न नसक्ने हाम्रो समाजमा अझै पनि बाबुआमाले भोगेका तथा र छोरोछोरीले सुनेका यौनसम्बन्धी जानकारी कुनै पनि बाबु आमा र छोराछोरीबीच खुलेर साटसाट गर्न हुदै भन्ने परम्परा रहेको अबस्थामा अर्घाखाँचीमा आईपास नेपाल र समाजसेवा तथा बाताबरण र सस्कृति सरक्षण समुह अर्घाखाँचीले सञ्चालन गरेको किशोर किशोरीका लागि यौन तथा प्रजनन् स्वास्थ्य सम्वन्धी तालिमले आफुहरुमा परिबर्तन आएको सहभागीहरुले बताएका छन् ।

तालिममा सहभागी ईसा बसेलले भनिन् म तालिम पछि अब गाँउ समाज परिबारमा प्रजनन् स्वास्थ्यसम्बन्धी खुलेरै मैले सिकेका कुरा सिकाउँछु,’ ‘बुबाआमा काका कार्की, दाजु भाउजु तथा साथीभाइलाई समेत प्रजनन् स्वास्थ्यसम्बन्धी जानकारी गराउँछु।’ किशोर किशोरीमैत्री केन्द्र विद्यालयमा सञ्चालन गर्नका लागि प्रयास गछु ‘साथीहरूमाझ आफ्ना यौन जिज्ञासा, प्रजनन् स्वास्थ्य र किशोर किशोरीमा हुने स्वास्थ्य जोखिमबाट कसरी बच्न सकिन्छ भन्ने बारेमा छलफलका लागि जनचेतना जगाउने ईसाले बताइन् । उनले तालिमले आफुमा परिवार नियोजनका साधनको उपयोगबारे पनि अब जानकारी गराउन सक्ने र गाउँघरका अन्य जोडीहरूलाई समेत भेटेर आफ्नो समस्या बारे बताउनका लागि सल्लाह दिएर स्वास्थ्यचौकी जानको लागि आग्रह गर्नेर परिवार नियोजनका अस्थायी र स्थायी साधनको बारेमा सबैलाई जानेको कुरा सिकाउने सुरक्षित गर्भपतनको बारेमा सबैलाई जानकारी गराउने बताईन् ।

तालिममा सहभागी आरती परियारले तालिम पछि विद्यालयमा यौन शिक्षा प्रजनन् स्वास्थ्यसम्बन्धी ज्ञान हासिल गरेको ‘सुरु सुरुमा मलाई पनि लाज लाग्यो। तर तालिममा सहभागी भईसकेपछि समाजमा मैले जानेका कुरा भन्नै पर्ने रहेछ भन्ने अठोट आएको र अब गाँउघरमा अस्थायी परिवार नियोजनका साधनको बारेमा गाउँघरमा प्रयोग फाइदाको बारेमा सबैलाई सचेतना जगाउने उनले बताइन्।

तालिमा दिइएको यौन तथा प्रजजन शिक्षाले किशोरीलाई विद्यालयको पढाइ नछाड्न मद्दत पुगेको तालिमा सहभागी पाणिनी गाँउपालिका वडा न ८ कमला माध्यमिक विधालय कक्षा १० मा अध्ययनरत अस्मिला खातुनले बताइन् उनले आफ्नो समुदायमा अझै पनि अज्ञानता अशिक्षाको कारणले गर्दा कम समयमा विबाह गर्न परम्परा रहेकोले त्यसको अन्तय गर्नको लागि ’विद्यालय समाजमा रुपान्तरण गर्नको लागि महत्वपूर्ण प्रेरणा मिलेको बताउदै विद्यालयमा पनि प्रजनन् स्वास्थ्यसम्बन्धी छलफल र बहस गर्ने वातावरण तयार गर्न प्रयन्त गर्ने बताईन् । तालिममा सहभागी निकिता पन्थीले तालिम पछि आफुमा धेरै उत्प्रेरणा आएको बताउदै कम उमेरमा बच्चा जन्माउनु हुँदैन। परिवार नियोजनका साधन प्रयोग गनुपर्छ विद्यालय व्यवस्थापन समितिका सदस्य, अभिभावक र विद्यालयका किशोर किशोरीलाई अभिमुखीकरण गर्ने बताईन् ।

तालिमा यसरी गरिएको थियो प्रजनन् स्वास्थ्यसम्बन्धी छलफल
तालिममा यौन तथा प्रजजन् स्वास्थ्य सम्वन्धी जानकारी गराउनको लागि अर्घाखाँची जिल्लाको मालारानी गाँउपालिका, भुमिकास्थान नगरपालिका ,पाणिनी गाँउपालिका, सितगगा नगरपालिका, १९ बर्ष सम्मका करिब २२ जना किशोर किशोरीको सहभागिता रहेको थियो ।

तालिममा सहभागी प्रशिक्षक आईपास नेपाल का केन्द्रिय कार्यक्रम सयोजक जीवन देबकोटाले दिइएको साथी शिक्षक,शिक्षक साथीका माध्यमबाट दिइएको प्रशिक्षणले आफ्ना साथीमाझ किशोर अवस्थामा यौन, प्रजनन् स्वास्थ्य र यौनिकताबारे छलफल चलाउनको लागि प्रेरणा मिलेको तालिममा सहभागी मालारानी गाँउपालिका वडा न ७ का ज्ञानचन्द्र भुसालले बताए । भुसालले अब आफुले तालिममा सिकेको किशोर–किशोरीलाई समयमै आफ्नो जिम्मेवारी बोध गराउनको लागि विद्यालयमा प्रजनन् स्वास्थ्यबारे खुलेर छलफल गर्न तालिममा सिकेको सिकाइलाई निरन्तरता दिने बताए । तालिममा आईपास नेपालका लुम्विनी प्रदेशका कार्यक्रम सयोजक बिष्णु देबकोटाले गरेको अनुशिक्षणले आफ्नो जीवनको स्वरुप परिबर्तन गरेको आफुले अब गाँउसमाजमा यौन तथा प्रजजन् स्वास्थ्यको बारेमा जानकारी गराउनको लागि उत्प्रेरणा मिलेको बताए ।

तालिममा सहभागितालाई छिटो छिटो प्रशिक्षण गर्नको लागि समुह विभाजन , गुहकार्य सैदान्तिक र प्रयोगतात्मक प्रशिक्षणको माध्यमबाट प्रशिक्षित गरिएको थियो । नकारात्मक बानी र स्वभाब भएका किशोरकिशोरी भविब्यका समाज परिबर्तनका अगुवा भएकोले किशोरीकिशोरी तालिम अनिवार्य रहेको जिल्ला स्वास्थ्य कार्यालय जनस्वास्थ्य निरिक्षक गणेश पौडेलले बताए ।

किन दिइयो ४ वटा स्थानीय तहका किशोरकिशोरी तालिम
अर्घाखाँची जिल्लामा ६ वटा स्थानीय तहमध्ये ४ वटा स्थानीय तहका १९ बर्षसम्मका किशोरकिशोरीलाई तालिम अहिलेलाई दिएको भएतापनि भविश्यमा ६ बटै स्थानीय तहका किशोरकिशोरीलाई तालिम दिइने कार्यक्रम अधिकृत आदर्श अधिकारीले बताए । जिल्लाका अन्य स्थानीय तहको तुलनामा यस स्थानीय तहमा केही पछटौपन बढी रहेकोलेले अग्रसर गराउनको लागि तालिम दिईएको समाजसेवा तथा बाताबरण र सस्कृति सरक्षण समुह अर्घाखाँचीकी कार्यकारी प्रमुख लक्ष्मी अधिकारी पौडेले बताइन् भविश्यमा यस्ता कार्यक्रममा अझ प्रभाबकारी र सुढुणीकरणका साथ अझ व्यापक रुपमा अगाडि बढाउने सस्थाका अध्यक्ष लक्ष्मण भट्टाराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै