प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

हृदय भुसाल अर्घाखाँची ।संयुक्त किसान संघर्ष समिती अर्घाखाँचीले आफ्ना विभिन्न दशबुधे माग सहित अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी मिना अर्याल मार्फत सम्मानित प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ ।

ध्यानाकर्षण पत्रमा भनिएको छ सम्माननिय प्रधानमन्त्री ज्यू,
नेपाल कृषि प्रधान देश भएर पनि कृषि क्षेत्रको उत्पादन र उत्पादकत्वमा ठुलो ह्रास आएको साथै कृषि भुमिको खण्डिकरण र जग्गा बाझो रहने लगायतका समस्याले अझ बिकाराल रुप स्थिति सृजना हुँदै गएको सन्धर्भमा कृषि क्षेत्र र किसानका जलन्तर मागहरूलाई तत्काल सम्बोधन गर्न आवश्यक ठोस निति कार्यक्रम बजेटको व्यवस्था गरि विषेश योजना अघि सार्न र प्रभावकारी कार्यनयन गर्न जोडजाड माग गर्दै नेपालका ६ कम्युनिष्ट पार्टी आवद्व किसान संगठनले मिति २०७९ चैत ८ गते नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री समक्ष किसानका मुख्य १० मागहरू पुरा गर्न प्रमुख जिल्ला अधिकारी अर्घाखाँची मार्फत यो ध्यानाकर्षण पत्र पेश गरेका छौँ ।

मागका मुख्य विषयहरु तपशील रहेका छन् ।
१। किसानहरुलाई गुणस्तरीय मल बिउहरु अबिलम्ब उपलब्ध गराउनुपर्ने ।
२। भुमि बैंक खारेज ।
३। कृषिमा बिदेशी लगानी निषेध ।
४। बढ्दो महंगी नियन्त्रण ।
५। मिटरब्याजीलाइ कारबाही ।
६। क्रान्तिकारी बैज्ञानिक भुमि सुधार लागू गर्नुपर्ने ।
७। स्वदेशी किसानलाई संरक्षण तथा प्रबर्द्धन गर्नुपर्ने ।
८। कृषि पेन्सन लागू गर्नुपर्ने ।
९। स्वदेशी उत्पादनको ग्यारेन्टी गर्नुपर्ने ।
१०। विदेशी कृषि उत्पादन आयत बन्द गर ।

प्रमुख जिल्ला अधिकारी मिना अर्याल लाई ध्यानाकर्षण पत्र बुझाई बजार परिक्रम गरि कोण सभा कार्यक्रम गरिएको किसान महासंघका नेता युबराज पौडेलले बताए । पौडेलले कृषि पेसा प्रति राज्य जिम्मेवारी नभएकोले फेरि पनि ध्यानाकर्षण गराएको बताए । ध्यानाकर्षण पत्र बुझाउन किसानका नेता सुनिता बेल्वासे लगायतको उपस्थितमा बुझाईएको स्रोतले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आजदेखि पर्सिसम्म यी ठाउँमा बाढीको मध्यमदेखि उच्च जोखिम

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

- Advertisement -spot_img
-Advertisement-spot_img