हृदय भुसाल अर्घाखाँची । ‘कृषि,पर्यटन,उधोगको बिकास,र स्वरोजगार,शिक्षा स्वास्थ्य,पर्यावरण भुमिकास्थानको आधार’ भन्ने मुख्य सोँच निर्धारण गरि भुमिकास्थान नगरपालिकाले पहिलो पञ्च बर्षिय आबधिक योजना निमार्ण गरेको छ ।
दिर्घकालिन सोँच सहित ३ दिन सम्म नगरपालिकाको कार्यालय नुवाकोटमा संचालन भएको गोष्ठीले ५ बर्षे रणनिती,मुख्य कार्यक्रम,बिकास र लागत अनुमान सहितको मार्गचित्र तयार पारेको सुचना अधिकारी हरिसचन्द« भुसालले जानकारी दिए ।
आबधिक नगरबिकास योजनाका प्रमुख अथिती एवम लुम्बिनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले स्थानिय तह र आवधिक योजना निमार्ण भए बमोजिमको बाटो बाट बिकास निमार्णको कामलाई अगाडी बढाउनुपर्ने बताए ।
सांसद घिमिरेले मुलुकमा स्थीर सरकार नहुदा दिगो बिकास,योजनाबद्ध बिकासले गति लिन नसकेको भन्दै संघियता पछिको जनताले धेरै भरोसा गरेको,पहुचमा रहेको नजिकको बलियो स्थानिय सरकारले जनताको माग र आबश्यकको आधारमा बिकासको गतिलाई योजनाबद्ध रुपमा अगाडी बढउनुपर्ने बताए ।
सांसद घिमिरेले भने,‘जिल्लाको बिकासमा केन्द« तथा,प्रदेश सरकारको लक्ष्य उदेश्य र योजना संगै स्थानिय सरकार पनि अगाडी बढ्नुपर्छ,बिकासलाई प्राथमिकरण गरेर अगाडी बढ्नुपर्छ, बिगतका ५ बर्षमा प्रदेश सरकार बाट पनि हामीहरुले प्रयाप्त बजेट ल्याउन सफल भएको छौ,अब प्रदेश सरकार बाट स्थानिय सरकारले आबधिक योजना मार्फत तय भएका योजना मात्र अगाडी बढाउछौँ, आबधिक योजनालाई मुख्य मार्गदर्शन मानेर सबै अगाडी बढ्नुको कुनै बिकल्प छैँन्’।
नगरपालिकाले जनताको भावना आवश्यकता तथा स्रोत साधने अवस्थाको बिश्लेषण गरि अगाडी बढ्ने नगरप्रमुख झबिलाल थापाले बताए ।
नगर प्रमुख झबिलाल थापाले सेवाग्राहीमैत्री उप्पादन तथा बिरणलाई केन्द« «भागमा राखी अबको बिकास बसाईसराई घटाउने,स्वरोजगार अगाडी बढाउने,स्वास्थ्यलाई सहज सर्भसुलभ,प्रबिधीयुतm, बनाउने,शिक्षाको गुणस्तर बिकास गर्ने कृषि पर्यटन र उधोगको बिकास गर्ने भन्ने सवालमा एकिकृत साझा दस्ताबेज आबधिक बिकास योजना मार्फत अगाडी बढ्ने बताए ।
नगर उपप्रमुख बालकृष्ण बन्जाडेले नगरपालिको बिकासमा माथीका दुबै सरकारले पनि उतिकै ध्यानदिनु पर्ने भन्दै जनताको बिकास निमार्णको कार्यलाई छिटो छरितो,गुणस्तरिय,प्रभाबकारी र सहज बनाउन आफुहरु निरन्तर लाग्ने बताए ।
आवाज बिहिनलाई आवाज दिने,बेरोजगारलाई रोजगारी दिने,अधिकार बिहिन लाई अधिकार दिने,स्थानिय स्रोत साधनको अधिकतम प्रयोग गरि अगामी दिनहरुमा बस्न योग्न,गर्भ गर्न योग्य,भन्न योग्य नगरपालिका बनाउने मुख्य ध्ययका साथ अगाडी बढ्ने प्रमुख प्रशासकिय अधिकृत नारायण पोख्रेलले बताए ।
नेपालको संघियता सहकारितामुलक संघियता हो,स्थानिय सरकारले सेवाको उत्पादन र बितरणलाई प्रभाबकारी बनाउन सेवाग्राही जनताले खोजेको सेवा,आकारमा, प्रकारमा गुणस्तरमा,समयमा अनिवार्य दिनुपर्छ,हामी सधैँ जनताको सेवामा छौँ प्रमुख प्रशासकिय पोख्रेलले भने,
बिकास निमार्णका मुख्य ५ क्षेत्र र बिभिन्न बिषयगत उपक्षेत्रमा कसरी ? कहिले? किन ?कति बजेटमा के काम गर्ने भन्ने दृर्घकालिन सोँच सहित आगामी ५ बर्षको भुमिकास्थान नगरपालिका बिकासको दस्ताबेजको तयार पार्न सफल भएको बिज्ञ समुहका प्रमुख बिके मर्हजनले बताए ।
आगामी ५ बर्षमा भौतिक पुर्वाधकार,आर्थिक बिकास,सामाजिक बिकास, बन,बाताबरण, संस्थागत बिकास र सुशासनका क्षेत्रमा नगरपालिका गर्ने योजनाबद्ध बिकासको रणनिती निती कार्यक्रम र बजेट समेतको आबधिक योजनामा तयार पारिएको छ ।
अलना इन्टरनेशन सर्भिसेज प्रालिको सहजीकरण प्रदेश सुशासन केन्द«को आर्थिक सहयोग तथा नगरपालिको आयोजनामा आयोजित ३ दिने नगरबिकास गोष्ठीमा जनप्रतिनिधी,राजनैतिक दल,कर्मचारी,बिभिन्न संघ संस्थाका प्रतिनिधी बिज्ञ समुह,पत्रकार र अन्य सरोकारवालाहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।
कार्यक्रम नगरप्रमुख झबिलाल थापाको अध्यक्षता,लुम्बिनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेको प्रमुख आथित्यता, योजना तथा कार्यक्रम अधिकृत हरिशचन्द« भुसालको स्वागत मनतब्य बिज्ञ समुहका बिके मर्हजन, मन्डुबावु, अधिकारी,बिनु लुईटेल सहितको टिमले बिभिन्न चरणमा सहजीकरण तथा शेषकान्त घिमिरेको संचालन सम्पन्न भएको थियो ।
१ सय ५९ बर्गकिलोमिटर भुगोल तथा करिब ३२ हजारको सेरोफेरो रहेको जनसंख्या रहेको उतm पालिककाले आबधिक नगरबिकास योजना मार्फत आगामी दिनमा नगरपालिका भौगोलिक बिबिधता,आर्थिक समृद्धि,सभ्य र सुसस्कृत, सुन्दर र स्वच्छ, भौतिक पुर्वाधार सम्पन्न सामाजिक समानता सहितको सुखी र खुसी नागरिक बन्ने अपेक्षा लिएको छ ।