२१ असोज २०८१, सोमवार
२१ असोज २०८१, सोमवार

भुमिकास्थान नगरले पहिलो आबधिक नगरविकास योजना बनाउदै

Workplace

हृदय भुसाल अर्घाखाची । भुमिकास्थान नगरपालिकाको पहिलो पन्च बर्शिय नगरबिकास आबधिक योजना निर्माण गर्ने कार्यको सुरुवात गरेको छ ।अलान इन्टरनेशनल सर्भिसेज काठमान्डौको प्राबिधिक सहयोग तथा प्रदेश सुशासन केन्द,लुम्बिनी प्रदेशको बितिय सहयोगमा दिर्घकालिन सोच सहित विषय क्षेत्रगत रणनीतिक योजना सहितको आवधिक नगर विकास योजना तर्जुमा एक दिबसिय अभिमुखिकरण कार्यक्रम आज भुमिकास्थान नगरपालिकामा सम्पन्न भएको छ ।

कार्यक्रमको उदघाटन गर्दै नगरप्रमुख झबिलाल थापाले आफुहरुको एउटै उदेश्य समृद्व नगर निर्माण भएको भन्दै सबैको साथ सहयोग र साझा पहल बाट अगाडि बढ्ने बताए । नगर प्रमुख थापाले बिकास निर्माणको कामलाई योजनाबद्व रुपमा अगाडि बढाउने भन्दै जनतालाई महसुस र देखिने गरि बिकासको कामलाई गरिने बताए ।

नगर उपप्रमुख बालकृस्ण बन्जाडेले नगरको बिकास योजना निर्माणको कामलाई समग्र योजना बनाई ब्यबस्थित तबरले कामलाई अगाडि बढाईने बताए ।

प्रमुख प्रशासकिय अधिकृत नारायण पोख्रेलले अब आगामी ५ बर्श कसरी अगाडि बढ्ने भन्ने प्रस्ट बजेट,नीति र कार्यक्रम सहित अगाडि जानुपर्ने बताए ।

कार्यक्रम बिके महर्जन र मन्दुबाबु अधिकारीले सहजिकरण गरेका थिए । आगामी ५ बर्शमा आर्थिक बिकास, समाजिक बिकाश, भौतिक पुर्बाधार, बन बाताबरण तथा बिपत ब्यबस्थापन, सुशाशन तथा सस्थागत बिकास लगायत विभिन्न छेत्रमा के?कसरी? कहिले? के गर्ने भन्ने दुर्घकालिन योजना सहित अगामी ५ बर्शको समग्र नगरको तस्बिर नै बनाउने बिज्ञ समुहका प्रमुख बिके महर्जनले बताए ।

कार्यक्रम नगर प्रमुख झबिलाल थापाको अध्यक्षता हरिचन्द्र भुसालको स्वागत मनतब्य र शेष कान्त घिमिरे ओशनको सन्चालनमा सम्पन्न भएको कार्यक्रममा राजनितिक दल, जनप्रतिनिधि,कर्मचारी,पत्रकार साथै विभिन्न सघ सस्थाका प्रतिनिधि हरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै