२१ असोज २०८१, सोमवार
२१ असोज २०८१, सोमवार

बिरामीहरुलाई फलफुल वितरण

Workplace

नविन रसाईली अर्घाखाँची । अर्घाखाँची जिल्ला अस्पतालमा उपचारत विरामीहरुलाई फलफुल वितरण गरिएको छ । शनिवार नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामति) अर्घाखाँची तथा नेपाल राष्ट्रिय कर्मचारी महासंघ अर्घाखाँचीले अस्पतालमा भएका बिरामीलाई फलफुल वितरण गरेको हो । नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामति) को १७ औं स्थापना दिवसका अवसरमा अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल वितरण गरेको थियो ।

“प्रभावकारी जनसेवा र पेशागत अधिकार सुनिश्चताका लागि नेपाल राष्ट्रिय कर्मचारी संगठन शान्ति, संविधान सुशासन र राष्ट्रिय समृद्धको अभियानमा कर्मचारी पहिचान” भन्ने नारा सहित संगठनले १७ औं स्थापना दिवस मनाएको हो । फलफुल वितरण कार्यक्रममा बोल्दै राष्ट्रिय कर्मचारी संगठन (निजामति) का जिल्ला अध्यक्ष यादव सापकोटाले संगठनले कर्मचारीको हकहितको लागि काम गरिरहेको र आगामी दिनहरुमा पनि निरन्तर काम गर्ने बताए । सापकोटाले २०६४ माघ २० मा राष्ट्रिय कर्मचारी संगठन (निजामति) को स्थापना भएको बताउदै प्रत्येक वर्ष माघ २० लाई संगठनको स्थापना दिवसको रुपमा मनाउने गरेको बताए । उनले अर्घाखाँची अस्पतालमा भएका ३७ जना बिरामीलाई फलफुल वितरण गरेको जानकारी दिए । फलफुल पाएपछि बिरामीहरुको मुहारमा खुसी देखिएको उनले बताए ।

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा अर्घाखाँची जिल्ला सह–इन्चार्ज ठाकुर कुमार विकले अस्पतालमा उपचारत बिरामीको शिघ्र स्वास्थ लाभको कामना गर्दै संगठनले सिंगो कर्मचारीको हितमा दृणता पुर्वक लाग्न आग्रह गरे ।

अर्घाखाँची अस्पतालका प्रमुख डा. जगनाथ तिवारीले संगठनले १७ औं स्थापना दिवसको अवसरमा अस्पतालमा भएका विरामीलाई फलफुल वितरण गरेकोमा संगठनलाई शुभकामना तथा धन्यवाद ज्ञापन गरे । उनले संगठनले आगामी दिनहरुमा पनि बिरामीहरुलाई यस्ता खाले कायृक्रमको आयोजना गरि हौसल प्रदान गर्नुपर्ने बताए ।

कार्यक्रममा पत्रकार महासंघका लुम्बिनी प्रदेश सदस्य प्रेम नारायण आचार्यले संगठनलाई १७ औं स्थापना दिवसको शुभकामना साथै बिरामीलाई शिघ्र स्वास्थ लाभको कामना गरेका थिए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक राजेन्द्र भुसाल, पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनाल, राष्ट्रिय कर्मचारी संगठन (निजामति) तथा राष्ट्रिय कर्मचारी महासंघ अर्घाखाँचीका पदाधिकारीहरु, जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी बिजय वि.क, जिल्ला अस्पताल अर्घाखाँचीका स्टाफहरु, पत्रकार महासंघका कोषध्यक्ष रुद्रमणी भुसाल, पत्रकार महासंघका सहसचिव अनिल नेपाली, पत्रकार सागर महत लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम राष्ट्रिय कर्मचारी संगठन (निजामति) का जिल्ला अध्यक्ष यादव सापकोटाको अध्यक्षता र राष्ट्रिय कर्मचारी महासंघका जिल्ला अध्यक्ष पुर्ण पराजुलीको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै