हृदय भुसाल अर्घाखाँची । भुमिकास्थान नगरपालिका १ण् धन्चौरको सेङलेङमा श्री पाथीभर मन्दीरको एक कार्यक्रमका बिच पुर्ब उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले उद्घाटन गर्नु भएको छ । मुर्तिको अनावरण गर्दै रायमाझीले पाथीभरा मन्दिरको बहुआयमीक महत्त्व रहेको भन्दै मन्दीरको बिकासको मा निरन्तर लाग्ने बताउनु भयो । रायमाझीले सेङलेङ पर्यटनकिय हिसाब पनि धेरै सम्भावना बोकेको आकर्षण गन्तव्य रहने भन्दै मन्दिरको योजना बद्व बिकासका लागि सबै पक्ष एक भयर लाग्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य बिजुला रायमाझीले जनताको माग र आबश्यकताको आधारमा निरन्तर रुपमा बिकास निर्माणको कामलाई अगाडी बढाउने बताउनु भयो ।,
नगर प्रमुख झबिलाल थापाले सेङलेङलाई होमस्टे,सगै पर्यटनको हिसाबले अगाडी बढाउने उदेश्यका साथ बजेट बिनियोजन गरिसकेको बताउनु भयो । सेङलेङले प्राथमिकताका साथ विभिन्न कार्यक्रमहरु गरिरहेको नगर प्रमुख थापाले बताउनु भयो ।
उद्घाटन कार्यक्रममा नगर उपप्रमुख बालकृष्ण बन्जाडे,वाड अध्यक्ष खगेस्वर पन्थी, मन्दीरका सस्थापक , कृष्ण कुमारी रायमाझी पिताम्बर रायमाझी मान बहादुर रायमाझी लगायतको आथित्यता रहेको थियो ।कार्यक्रममा बाजागाजा सहित विभिन्न संघ सस्था भक्तजनहरुको ब्यापक सहभागी रहेकोको कार्यक्रममा बिष्णु रायमाझीको अध्यक्षता, हिमनाथ खनालको स्वागत मनतब्य तथा बिष्णु बन्जाडेको संचालनमा सम्पन्न भएको थियो ।