हृदय भुसाल, अर्घाखाँची । नेपाल रेडक्रस सोसाईटी धन्चौर उपशाखाको १७ औं साधारण सभा तथा अधिबेशन सम्पन्न भएको छ । अधिवेशन आइतबार धन्चौरमा सम्पन्न भएको हो ।
अधिबेशनको उद्घाटन गर्दे कार्यक्रमका प्रमुख एवम रेडक्रश जिल्ला शाखा अर्घाखाँचीका सभापती कुशल भुसालले युद्धको परिबेस बाट जन्मेको रेडक्रशले बिपत,द्धन्द र सामुदायिक बिकासमा महत्वपुर्ण काम गर्दे आएको बताए कोभिडको बेला लामो समयसम्म समग्र जनजिविका राहत उद्धार तथा बिभिन्न समस्या उत्पन्न भएको हुदा अनेक आयामहरुमा महत्वपुर्ण काम गर्दे आएको सभापति भुसालले बताए ।
सभापती भुसालले भने,‘अगामी दिनहरुमा संस्थागत बिकाशको योजना बनायर अगाडी बड्दै छौ, मानवसेवामा समर्पित स्वयमसेवी संस्थाको रुपमा स्थापित रेडक्रश संस्थाले बिपतको बेला मानविय जिवन रक्षाका लागी महत्वपुर्ण काम गरेका छौ,संकटको बेला बिभिन्न चरण काम गछौ, स्रोत साधनको ब्यवस्थापन गरेर अगाडी बड्छौ’।
कार्यक्रममा भुनपा १०का वाड अध्यक्ष खगेश्वर पन्थीले सामाजिक सेवा भाव बाट अगाडी बढेको रेडक्रसले बिभिन्न काम गर्दै बिपत्को बेला राहत उद्धारमा महत्वपुर्ण काम गर्दे आएको बताए । अधिबेशन रेडक्रश जिल्ला शाखा सदस्य हरि दमासे पत्रकार महासंघका जिल्ला सहसचिब हृदय कुमार भुसाल,रेडक्रश जिल्ला शाखाका कार्यालय सचिब ठाकुर अधिकारी लगायतले शुभकामना मनतब्य राख्नु भएको थियो ।
अधिबेशनमा निवर्तमान सचिब पुर्ण भट्टराई द्धारा प्रगती प्रतिबेदन तथा कोषाध्यक्ष कृष्ण गैरे द्धारा आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको आयोजकले जनाएको छ ।
अधिबेशन सभापति टान प्रसाद भट्टराईको अध्यक्षता, पुर्ण भट्टराईको संचालन उपसभापती डिलाराम पाण्डेको स्वागत मनतब्यमा सम्पन्न भएको बन्द सत्रले नयाँ कार्य समिती चयन गरेको आयोजकले जानकारी दिएको छ ।