१८ असोज २०८१, शुक्रबार
१८ असोज २०८१, शुक्रबार

कप्तान मेस्सी विश्व कपको सर्वोत्कृष्ट खेलाडी

Workplace

काठमाण्डाै – फिफा विश्व कप कतार–२०२२ को उपाधि विजेता अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल प्राप्त गरेका छन् ।

कप्तान मेस्सीले पहिलो पटक विश्व कप जित्ने क्रममा प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गरे । अर्जेन्टिनाको उपाधि यात्रामा ७ गोल र ३ असिस्ट गरेका मेस्सीले गोल्डेन बल पाएका हुन् । फाइनलमा उनले दुई गोल गरे । प्रतियोगितामा फ्रान्सका किलीयन एम्बाप्पेले सिल्भर बल तथा सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट पनि प्राप्त गरेका छन् ।

क्रोएसियाका लुका मोड्रिचले ब्रोन्ज बल हात पारे । प्रतियोगिताका शीर्ष तीन खेलाडीलाई गोल्डेन, सिल्भर र ब्रोन्ज बल प्रदान गर्ने गरिन्छ । अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले फिफा विश्व कप कतार–२०२२ मा गोल्डेन ग्लोभ अवार्ड जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै